Techie IT
४ माघ २०७८, मंगलबार

करेन्ट लागेर मृत्यु


काठमाडौं ।

कास्कीकोपोखरा महानगरपालिका-४ चिप्लेढुङ्गास्थित निर्माणाधिन हिमालयन गार्डेन मिनी मार्केटमा काम गर्ने तनहुँ व्यास नगरपालिका-१३ पोखरीभञ्ज्याङ घर भएका २६ वर्षीय केशव बोहोराको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ ।

सोही मिनि मार्केटमा ड्रिल मेशिनले ड्रिल गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्