Techie IT
५ असार २०७८, शनिबार

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं ।

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३२ वर्षीय बिकाश बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती बालिकालाई ललाई फकाई एकान्त स्थानमा लगि यौन दुर्व्यवहार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिक उपर बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तै गरेर १६ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङको फुङिङ नगरपालिका-८ बस्ने २० वर्षीय मनोज गुरुङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले ती किशोरीलाई बिभिन्न प्रलोभनमा पारी ललाई फकाई सोही ठाउँस्थित होटलमा लगि जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्