Techie IT
१५ माघ २०७८, शनिबार

काठमाडौं उपत्यकामा शुक्रबार थप ८५९ जनामा कोरोना संक्रमण


काठमाडौं ।
काठमाडौं उपत्यकामा शुक्रबार थप ८५९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६९८ , ललितपुरका ८२ जना र भक्तपुरमा ७९ जना गरी काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् । योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ हजार २ सय ३८ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्