Techie IT
९ माघ २०७८, आईतबार

ढोरपाटनका बाढी पीडितलाई जिल्ला सहकारी संघ बागलुङको ५ लाख सहयोग


बाग्लुड. ।
जिल्लाको ढोरपाटन नगरपालिकाका पहिरो पीडितका लागि जिल्ला सहकारी संघ लिमिटेड बागलुङले ५ लाख १ हजार १ सय रूपैया आर्थिक सहयोग उपलब्ध गराएको छ । संघको संयोजन तथा विभिन्न संघ संस्थाहरूको सहयोगमा संकलित सहयोग रकमको चेक संघका अध्यक्ष दिपक गौतमले बुधवार ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका हुन् । भदौ १७ गते आएको पाढी पहिरोबाट ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ मा २२ जनाको मृत्यु भएको भने १६ जना अझै वेपत्ता रहेका छन् । वेपत्ताहरूको खोजी कार्य जारी रहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए ।

बाढीले ८० घर पूूर्ण रूपमा क्षति गराएको छ । ५१ घरमा आंशिक क्षति पुगेको छ भने ११ वटा लघु जलविद्युत आयोजना, एक स्वास्थ्य इकाई, ११ झोलुंगे पुल, ५ वटा ढलान पुल, १० वटा काठेपुल र दुई विद्यालय सहित ७१ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले पहिरो पीडितहरूका लागि आर्थिक सहयोग गर्न जिल्लास्थित संघ संस्था लगायत देशभरका सहकारी संघ संस्थाहरूलाई आव्हान गरेको थियो । जिल्ला सहकारी संघले सञ्चालन गरेको अभियानमा बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले ंसंस्थाद्वारा सञ्चालित आदर्शसञ्चार अनलाइनको वार्षिकोत्सवको खर्च कटाएर र आफ्ना शेयर सदस्यसंग पहिरो पीडितका लागि सहयोग संकलन गरेर १ लाख ७५ हजार रूपैया सहयोग गरेको थियो ।

त्यस्तै जिल्ला कृषि संघ लिमिटेड बागलुङले जिल्लाका कृषि सहकारी संस्थाहरूसंग संकलित ८० हजार ५ सय रूपैया, गलकोट सहकारी सञ्जालले ४२ हजार ५ सय, राष्ट्रिय सहकारी बैंक लिमिटेडले ३० हजार सहयोग गरेको जिल्ला सहकारी संघका सचिव तेजेन्द्र बहादुर थापाले जानकारी दिए । अन्य रकम जिल्ला सहकारी संघले बागलुङ लगायत विभिन्न क्षेत्रमा सञ्चालित सहकारी संघ संस्थाहरू र सहकारीकर्मीहरूसंग संकलित गरेको सचिव थापाले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्