Techie IT
२१ असोज २०७९, शुक्रबार

महिलाले गल्तीको प्रायश्चित गरेपछि अदालतबाट छुटकारा पाए मुख्यमन्त्री राईले


काठमाडौं ।

प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अदालतमा मुद्धा दायर गरेकी महिलाले अन्तत :आफूबाटै गल्ती भएको भनेर उजुरी फिर्ता लिएपछि मुखयमन्त्री राई अव अदालती मुद्धाबाट छुटकारा पाएका छन् ।

No description available.

केही समयअघि वालिका खडका नाम गरेकी ती महिलाले मुख्यमन्त्रीराईले आफूलाई अतिरञ्जित आरोप लगाउदै राईसँग अंश दिलाई पाउँ भनेर मुद्धासमेत हालेकी थिइन् ।

तर अहिले आएर मुख्यमन्त्रीविरुद्ध भए गरेका कृयाकलाप अरुको उक्साहटमा लागेर गरेको र यसमा मुख्यमन्त्री राईको कुनै गल्ती नभएको बताउदै उनले काठमाडौं जिल्ला अदालतमा दिएको मुद्धा फिर्ता लिएकी हुन् । उनले कार्यविधी संहिता,२०७४ दफा १९६ (२) बमोजिम मुद्धा फिर्ता लिएकी हुन् ।

उनको यो मुद्धा फितीृसँगै मुख्यमन्त्री राई अदालती झञ्जटबाट मुक्त भएका छन् भने उनको नैतिकता माथिको दाग पनि योसँगै मेटिएको छ ।

No description available.

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्