Techie IT
१३ असोज २०७९, बिहीबार

मृत फेला


काठमाडौं,  असोज १

सुनसरी, ईटहरी उपमहानगरपालिका-१० बरगाछीस्थित बुढिखोलामा सोही उपमहानगरपालिका-४ गैरीगाँउ बस्ने ६६ वर्षीय राम बहादुर राईको शव बुधबार फेला परेको छ ।

बाजुरा, जगन्नाथ गाउँपालिका-२ बस्केनास्थित कर्णाली नदी किनारमा हुम्ला सर्केगाड गाउँपालिका-५ घर भई हाल बाजुरा बुढिनन्दा नगरपालिका-२ कोल्टीमा कपडा पसल गरी बस्ने ३८ वर्षीय भक्त फडेरा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

भदौ २३ देखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्