Techie IT
५ असार २०७८, शनिबार

डुबेर मृत्यु


काठमाडौं, असोज १

सुनसरीको दुहबी नगरपालिका-८ सोनापुर मुसहरी टोल बस्ने पहडिया ऋषिदेवकी छोरी १० वर्षीया नन्दनी ऋषिदेवको डुबेर बुधबार मृत्यु भएको छ ।

सोही ठाउँस्थित जग्गा प्लटिङमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर असक्त भएकी उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-४ कोईलाडी बस्ने ३० वर्षीय धर्मदेव कामैत पोखरीमा डुबेर बुधबार मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने सुजित सिहंको आँगनमा रहको पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्