Techie IT
१९ असोज २०७९, बुधबार

पहिरोबाट धनमाल नष्ट


काठमाडौं, असोज १

ताप्लेजुङकोमिक्वाखोला गाउँपालिका-१ दुङ्जा बस्ने ४३ वर्षीय नगेन्द्र लिम्बु लगायत ९ जनाको अलैंची र धान खेती मंगलबार राति पहिरोले बगाउँदा करिब २० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अविरल वर्षाको कारण दुङ्जा जंगलको शिरबाट करोब १ सय ५० मिटर माथिबाट पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी खोक्लिङबाट खटिई गएको प्रहरीले जोखिममा परेका सोही ठाउँ बस्ने ६ घरधुरीका ३५ जनाको परिवारलाई सुरक्षित स्थानमा सारेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्