Techie IT
१२ असार २०७९, आईतबार

डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी


काठमाडौं, असोज १

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-२ मनहरा दिब्यश्वरी प्लानिङबाट काठमाडौं तार्केश्वर नगरपालिका(७ फुटुङ बस्ने २८ वर्षीय पुरुषको ५ लाख रुपैयाँ बुधबार दिउँसो ठगी भएको छ ।

ती पुरुषलाई सोमबारदेखि हामी चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाई उक्त रकम लिई कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर ३ जना अपरिचित व्यक्तिहरु फरार भएको बताइएको छ ।

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्