Techie IT
८ असार २०७८, मंगलबार

सोलुखुम्बुको भकाञ्जेमा उत्पादित चियाले बजार पाउन सकेन


सोलुखुम्बु, असोज १
सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ भाकाञ्जेमा उत्पादन भएको चिया बिक्री नहुँदा कृषक चिन्तित बनेका छन । लकडाउनका कारण उत्पादित चिया बिक्री नहुदा समस्या भएको स्थानीय कृषक शम्भु तामाङले जानकारी दिए । आम्दानीको मुख्य स्रोत बन्दै गएको चियाको बिक्रीमा देखिएको समस्याले किसान थप चिन्तित बनेको उनीहरूको भनाइ छ । स्थानीयरूपमानै चिया उद्योग रहेकाले कुनै समस्या नभए पनि ढुवानी समस्याले चियाको रकम पाउन नसकिएको तामाङको भनाइ छ ।

विगत पाँच वर्षदेखि चिया खेती गरिरहेका कृषले कोरोनाकै कारण समस्या भोगेको बताएका छन् । फागुन महिनादेखि चियाको मुना टिप्न सुरु गरे पनि बिक्री नभएपछि समस्या भइरहेको सम्भु तामाङले जानकारी दिए । भाकाञ्जेका एक सय आठ घरका किसानले करिब सातदेखि ५९ रोपानी क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् । कृषकले १५ दिनको समयावधिमा १० देखि १५ किलोग्रामसम्म चिया उत्पादन गर्दै आएको अर्का कृषक आङदावा शेर्पाले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्