असोज १ गतेदेखि यातायात व्यावशाय संचालन गर्न दिने सरकारी निर्णयको यातायात व्यावशायीद्धारा स्वागत

काठमाडौं असोज १
२०७७ असोज १ गते विहविारदेखि काठमाडौं उपत्यका र उपत्यकावाहिरका यातायात संचालन गर्न दिने सरकारी निर्णयको विभिन्न यातायात व्यावशायी संगठनहरुले स्वागत गरेका छन् ।
२०७७ भदौ ३१ गते वुधवार सार्वजनिक गरिएको प्रेस वत्तव्यमार्फत गत चेत्त ११ गतेदेखि बन्द रहेका यातायातहरु संचालन गर्नका लागि बेलाबेलामा व्यावशायी संगठनहरुले पहल गरेता पनि कोभिड -१९ लाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउन, निषेधाज्ञालाई व्यावशायीले पालना गर्दै आएको जानकारी गराउदै यही असोज १ गते विहीवारदेखि लामो तथा छोंटो दूरीका सम्पूण यातायात संचालन गर्न दिने सरकारी निर्णयको स्वागत गरेको जनाएका छन् ।
प्रेस वत्तव्यमा हस्ताक्षर गर्नेमा नेपाल यातायात व्यावशायी राष्टिय महासंघका अधयक्ष योगेन्द्रनाथ कर्माचार्य,नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात स्वतन्त्र मजदुर स.गठनका अध्यक्ष भिमज्वाला राइ रहेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्