Techie IT
९ माघ २०७८, आईतबार

जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेदेखि जारी गरेको आदेश


काठमाडौं भदौं ३१

कोभिड-१९ को विश्व महामारीको अवस्थाले नेपालमा पारेको असरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कहिले सहज त कहिले कठोर प्रशासन निती अपनाइरहेको अवस्थामा यही २०७७ असोज १ गतेदेखि सार्वजनिक याताया तथा अन्य तोकिएका ,व्यावशायहरु खोल्ने अनुमति दिएको अवस्थामा पनि अन्य विविध सेवा तथा व्यावशायहरु गर्न गराउन निषेध आदेश जारी गरेको छ ।

No description available.

२०७७ असोज ३१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक प्रेस वक्तव्य प्रकाशीत गरी उक्त कुराको जानकारी सर्वसाधारणलाई गराएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्धारा हस्ताक्षरित उक्त विज्ञप्तीमा अर्को स्रचना जारी नहुञ्जेलसम्म जिल्ला प्रशासन काठमाडौंले जारी गरेको आदेशमा निषेध गरिएका सेवा सुविधाहरु निम्न बमोजिम प्रश्तुत गरिएको छ ।

१, काठमाढौंमा संचालन हुने निजी तथा सार्वजनिक सवारी साधनहरुलाईृ स्वास्थय सुरक्षा अपनाएर जोर विजोर प्रणली अन्तर्गत संचालन गर्न दिने अत्यावश्यक सेवा सुविधाको लागि र निर्माणसँग सम्बन्धित यातायात सेवामा भने यो नियम लागू नहुने ।

२, खुल्ला स्थानमा मानिस भेला हुन,भिडभाड,सभा जुलुस,जात्रा,पार्टी,भोज भतेर गर्न गराउन ।
३, मठ,मन्दिर,मस्जित,गुम्वा जस्ता धार्मिकस्थलमा दैनिक पुजा वाहेक धेरै मानिस जम्मा भएर अनावश्यक भिडभाड हुन ।

४, शैक्षिक संस्था ( विधालय,कलेज, ट्युसन सेण्टर,तालिम केन्द्र ) संंचालन गर्न गराउन र शैक्षिक परिक्षा तथा अन्य परिक्षा सम्बन्धि कार्यहर गर्न गराउन ।

५, सबै प्रकारका सभा ,गोष्ठी,तालिम,सेमिनार,सिनेमा हल,डान्स,दोहोरी,शैलुन, व्युटीपार्लर,पार्टीप्यालेस,जिमखाना, हेल्थकल्व,सामूहिक खेल प्रश्तुति ,चिडियाखाना लगायतका व्यावशाय संचालन गर्न गराउन ।

यी माथि जारी भएका आदेशहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न गराउनका लागि सवै जिल्लावासीमा यी कार्यहर गर्न गराउन पनि आदेश जारी भएको छ ।

१ ,दैनिक कयाकलाप संचालन गर्दा माक्सको प्योग अनिवार्य गर्ने गराउने ।

२,नेपाल सरकार स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै भोतिक दुरी कायम राखी दैनिक गतिविधि संचालन गर्ने ।

३, नियामक निकाय तथा त्यसका विभिन्न छाता संघर संगठनहरुले मातहतका निकाय, कार्यालय वा स्थानमा स्वास्थ्य मापदण्ड पालना भए नभएको नियमित रुपमा अनुगमन गर्ने गराउने ।

४, उल्लेखित आदेश विपरित कसैले कृयाकलाप गरे गराएको पाइएमा संक्रामक रोग २०२० तथा स्थानिय प्रशासन ऐन २०२८ वमोजिम कारवाही गर्ने ।

No description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्