Techie IT
४ जेठ २०७९, बुधबार

सवारी दुर्घटनामा ३ जनाको मृत्यु


काठमाडौं । सर्लाही, हरिवन नगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय रामबली रामको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी, धनुषा, जनकपुर उपमहानगरपालिका-१८ महुवास्थित सडकमा ज.११ प. ७९७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी बर्दिबास नगरपालिका-१३ बिजलपुरा तीन नम्बर टोल बस्ने २६ वर्षीय संजय राउत र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय बीरेन्द्र दासको घट्नास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल हुँदै बिराटनगरतर्फ पठाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्