Techie IT
४ जेठ २०७९, बुधबार

लुम्बिनी प्रदेश :राष्ट्रिय सभा सदस्य निर्वाचमा साझा गठबन्धन विजयी


लुम्बिनी । लुम्बिनी प्रदेशमा बुधबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका साझाहरु विजयी भएका छन् ।राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका साझा उम्मेद्वारले ४३७४ मत लिएर विजयी भएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवारले ३ हजार ३१२ मत पाएका छन् ।

गठबन्धनको तर्फबाट एकिकृत नेकपा समाजवादीका राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा विजयी भएका हुन् ।

एमालेबाट भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेद्वार बनेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्