Techie IT
४ जेठ २०७९, बुधबार

इलाका प्रशासन कार्यालय भवन निर्माण


दमक । इलाका प्रशासन कार्यालय दमकको तीनतले पक्की प्रशासनिक भवन निर्माण भएको छ । दमकको पशुहाट राजमार्ग दक्षिण–८ मा दाताहरुले उपलब्ध गराएका दश कट्ठा जमीनमा सङ्घीय सरकारको रु. चार करोड ५५ लाख बजेटबाट सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

कार्यालयका शाखा अधिकृत सूर्यमान बाँनियाका अनुसार निर्माण भएको भवन छिट्टै हस्तान्तरणको प्रक्रियामा रहेको र यही माघ १६ गतेदेखि नयाँ भवनबाट कार्यालय स्थान्तरण गर्ने तयारी गरिएको छ । झन्डै एक दशकदेखि नेपाल भूटान भुटानी शरणार्थी संयुक्त प्रमाणीकरणको कार्यालयमै इलाका प्रशासन कार्यालय सञ्चालन हुँदैआएको छ । कार्यालय पुरानो कच्ची घरमा रहेको तथा विभागीय कोठासमेत पर्याप्त नहुँदा कामकाजमा समस्या झेल्नु परेको शाखा अधिकृत बाँनियाले राससलाई बताए ।

जिल्ला प्रशासन कार्यालय झापाअन्तर्गतको दमकसहित गौरीगञ्जमा इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेका छन् । ती कार्यालयले नागरिकता, राहदानी, शान्तिसुरक्षा लगायतको सरकारी सुविधा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्