Techie IT
बुधबार, असोज १४,२०७७

स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा. उप्रेती


काठमाडौं, भदौ ३१
स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा. उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराए ।

यस्तै सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका छन् । उनी दुवै जनालाई अध्यक्ष डा. उप्रेतीले पद तथा गोपनीयताको शपथ गराए । राससका अनुसार मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्