Techie IT
बिहीबार, कात्तिक ६,२०७७

किन ओइरिए विदेशी गुप्तचर ?


काठमाडौं,साउन २३
गत ११ गते आएका दुई भारतीय गुप्तचर केही दिनको नेपाल वसाइपछि स्वदेश फर्किए । त्यसअघि साउन ८ गते ६ जना चिनियाहरु विमान चार्टर गरेर नेपाल आएका थिए । विमान चार्टर गरेर आएका चिनियाहरुमा फाङ ओइजाई,सिओङ लिक्वीङ,वाङ जिङ,हुवाङ मिङक्वीई ओङ,कावो ताइयू र झाङ युफेई थिए ।

उनीहरु चार्टर विमानवाट साउन १८ गते स्वदेश फर्किएका छन् । यस अघि असार १८ गते ५ जना भारतीय गुप्तचरहरु कैलालीको गौरीफण्डा नाकाबाट नेपाल छिरेका थिए । उनीहरु विना रोकतोक काठमाडौं आए र १२ दिन पछि अर्थात असार ३० गते सुनौली नाकाबाट स्वदेश फर्किएका थिए ।

राजेन्द्र रवन्नाको नेतृत्वमा आएको भारतको राष्ट्रि सुरक्षा सल्लाहकारको उक्त टोलीले मात्र होइन,यी तिनै टोलीले नेपालको राजनीतिक नेतृत्वको विभिन्न तहका नेताहरुसँग लुकीलुकी भेटवार्ता गरेका थिए ।

भारतीय टोली ३० असारमा स्वदेश फर्किएपछि ६ सदस्यीय चिनीया टोली नेपाल आयो । भारतीय टोलीले गरेका एकाध भेटवार्ता प्रकाशमा आएपछि चिनिया टोलीको आगमनको उदेश्य बार भने कसैले भेउ पाउन सकेका छैनन् केवल अनुमानमै सिमित रहेको छ । यस वारेमा नेपालको परराष्ट्र मन्त्रालयले समेत मौन सहमति गरेको देखिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्