Techie IT
सोमबार, असोज १२,२०७७

सिन्धुपाल्चोमा ६ रेक्टरको परकम्प


काठमाडौं, भदौ ३१

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (६ रेक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमीलगायत क्षेत्रमामा ठूलो सङ्ख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए । विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्