Techie IT
१४ असोज २०७९, शुक्रबार

कुलमानको विदाई सँगै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा लेखनाथ कोइराला


काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएका छन्। निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै कोइराला निमित्त कार्यकारी निर्देशक बनेका छन्।

ऊर्जा मन्त्री वर्षमान पुनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएको ऊर्जामन्त्री निकट स्रोतले जानकारी दिएको छ । प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा सो जिम्मेवारी दिइएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्