Techie IT
१२ असार २०७९, आईतबार

लामो दुरीका यातायात असोज १ गतेदेखि सञ्चालन गर्न पाइने, भाडा ५० प्रतिशत बढी

डा. खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकार


काठमाडौं ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै असोज १ गतेदेखि यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले असोज १ देखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि कुन मोडालिटीमा गर्ने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको छ।

मन्त्रालयले लामो दूरीको लागि छुट्टै कार्यविधि बनाउने तर ५० प्रतिशत यात्रु र थप भाडाको व्यवस्था यथावत् राखिने बताएको छ। बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आन्तरिक हवाई उडान पनि सुरु गर्ने निर्णय गरेको छ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

त्यसैगरि सोमबार सबेको मन्त्रिपरिषदको बैठकले हालै अर्थ मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका डा.युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय सरकारले गरेको छ।डा. खतिवडालाई मन्त्रीस्तरीय सुविधा उपलब्ध गराउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्