Techie IT
८ असार २०७८, मंगलबार

तास खेलिरहेको अवस्थामा सात जना पक्राउ


काठमाण्डौ, भदौ ३०

बैतडीको पाटन नगरपालिका-८ खोड्पे बजार बस्ने ३० वर्षीय मनोज प्रसाद भट्टको तृप्ती होटलमा तास खेलिरहेको अवस्थामा भट्ट समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ९ सय रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्