अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ

काठमाण्डौ, भदौ ३०
सर्लाहीको बागमती नगरपालिका-११ स्थित झुलुङे पुलबाट करिब २ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सिन्धुली हरिहरपुरगढी गाउँपालिका-६ बस्ने २३ वर्षीय सुवास जिम्बालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुलीबाट सर्लाही पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सर्लाहीको बागमती नगरपालिका-११ स्थित पेट्रोल पम्प नजिकबाट करिब ३ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ बस्ने अन्तरे भन्ने २७ वर्षीय बुद्धिमान गोलेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले सिन्धुलीबाट सर्लाहीतर्फ पैदल आउँदै गरेको उनलाई शंका लागि जाँच गर्दा उनले बोकेको झोलामा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्