Techie IT
१५ माघ २०७८, शनिबार

सैनिक प्रवक्ताको जिम्मेवारी आजदेखि सहायकरथी सिलवालमा


काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी नारायण सिलवालले आज (बिहीबार)देखि औपचारिकरुपमा सम्हालेका छन् । करिब डेढवर्ष प्रवक्ताको जिम्मेवारीमा रहेका निवर्तमान सहायकरथी सन्तोषबल्लभ पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी सिलवाललाई बिहीबार प्रवक्ताको जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गरेको हो ।

राससका अनुसार बालाजुस्थित सेनाको एक नम्बर बाहिनीपति सिलवाललाई सैनिक मुख्यालयले केही समयअघि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा गरेको थियो । निवर्तमान प्रवक्ता पौडेललाई जङ्गी अड्डाले मुख्यालयस्थित शान्ति सेना सञ्चालन निर्देशनालयको निर्देशकमा सरुवा गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्