Techie IT
सोमबार, असोज १२,२०७७

नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, ५६ हजार ७८८ पुगे संक्रमित


काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा मंगलबार थप एक हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप १०६२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ। हाल देशभर सक्रिय संक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ भने ८ हजार १३९ संस्थागत आइसोलेसनमा छन्। ७ हजार ६४० जना होम आइसोलेसनमा छन्।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ३७१ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्