Techie IT
४ माघ २०७८, मंगलबार

आयुर्वेद चिकित्सालयका पूर्वाध्यक्षको निधन


तुलसीपुर, भदौ ३०
प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका पूर्वाध्यक्ष भैरव मजगैयाको आज निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ विजौरी निवासी मजगैयाको आज बिहान ७७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारले जनाएको छ ।

मजगैैयाको शिक्षा क्षेत्रमा पनि योगदान रहेको छ । उनी महेन्द्र बहुमुखी क्याम्पसको पूर्वप्रमुखसमेत रहेको स्थानीयवासी राकेश बस्नेतले राससलाई बताए । क्याम्पसबाट सेवा निवृत्त भएपछि समाजिक सङ्घसंस्थामा पनि सक्रिय मजगैया बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पूर्वाध्यक्षसमेत थिए । उनको निधनप्रति तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दुःख व्यक्त गरेका छन् । एक शोक वक्तब्य जारी गरी मजगैयाको निधनले अपूरणीय क्षति पुगेको बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्