Techie IT
१० असार २०७८, बिहीबार

मृत अवस्थामा फेला


काठमाडौं, भदौ ३०

बर्दियाको गुलरिया नगरपालिका-८ पशुहाट बजार नजिकै भादा नदीमा बादबर्दिया नगरपालिका-१ बस्ने २२ वर्षीय बिनोद चौधरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ कालिकाथान ओखलेको पधेरोस्थित खोंचमा सोही ठाउँ बस्ने २९ वर्षीय बृहस्पती भन्ने बिनोद अधिकारी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-१ नारायणी नदी नजिकै खोल्सामा हाल नाम, थर, वतन, नखुलेकी महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

चितवनको भरतपुर महानगरपालिका-४ शिवघाटस्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको कचनकवल गाउँपालिका-१ घेराबारीस्थित अदुवा खोलाको किनारामा सोही ठाउँ बस्ने ५९ वर्षीय गोबिन्द लिम्बु मृत अवस्थामा फेला परेका छन् ।

आइतबार बिहान घरबाट गाईबस्तु सार्न उक्त खोलामा गएका उनलाई खोलाले बगाई बेपता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोला किनारमा सोमबार उनको शव फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्