Techie IT
९ असार २०७८, बुधबार

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ


काठमाडौं, भदौ ३०

आफ्नै छोरा ३५ वर्षीय महादेब साहलाई चक्कु प्रहार गरी हत्या गगरेको अभियोगमा पर्साको पोखरीया नगरपालिका-६ सिर्सिया बस्ने ६५ वर्षीय लक्ष्मी साहलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादको कारण लक्ष्मीले छोरालाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका महादेबको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्