Techie IT
१२ माघ २०७८, बुधबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, भदौ ३०

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मोरङको बेलबारी नगरपालिका-५ तेलकुडी बस्ने ३१ वर्षीय विनय कुमार सरदारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

२०७७ भदौ १२ गते सोही नगरपालिका कसेनीस्थित लोहन्द्रा खोलाको किनारा छेउमा धारिलो हतियार प्रहार गरी चन्द्र कुमार राईको हत्या गरेको कर्तव्य ज्यान मुद्दाका प्रतिवादी उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवनबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्