तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं, भदौ ३०
बाँकेको बैजनाथ गाउँपालिका-५ रामपुरस्थित गोठमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय कमल बस्नेत समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त गोठमा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद ३२ हजार ५ सय रुपैयाँ र ६ गडडी ताससहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्