Techie IT
१७ असार २०७९, शुक्रबार

रु.२ हजारमा पिसिआर परिक्षण गराउन नसक्ने भन्दै निजी प्रयोगशालाको विरोध


काठमाडौं, भदौ ३०

सरकारले रु.४ हजार ४ सय बाट घटाएर रु. २ हजार बनाएको कोरोना परिक्षण शुल्क निर्धारणलाई निजी प्रयागेशालाले एक प्रेस ज्ञिप्तीमार्फत विरोध गर्दै रु. ४ हजार ४ सयमै परिक्षण शुल्क बनाउनु पर्ने भन्दै सरकारसँग माग गरेको छ ।

विज्ञप्तीमा सरकारी अवस्थामात्रैले सम्भव नभएको पिसिआर परिक्षण सेवालाई शुरुको अवस्थामा सरकारले तोकेकै मादण्ड रु.५५ सयमा गर्दै आएकोमा पछि सरकारले त्यसको शुल्क घटाएर रु. ४४ सयमा पनि सहकार्य गर्दै आएको र गत २०७७ भदौ २८ गते स्वास्थ्य मन्त्रालयले आफूहरुसँग कुनै रायसूझाव नलिइकन एकतर्फी रुपमा पिसिआर परिक्षण शुल्क रु. २ हजारमा गनु भनेर ठाडो आदेश दिएकोले यो शुल्कमा निजी प्रयोगशालाले परिक्षण गर्न नसक्ने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

भदौ २९ गते निजी प्रयोगशालाहरुको भेलाले उक्त विज्ञप्ती निकालेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।यसतर्फ बेलैमा सरकारको ध्यान गएर कारोना भाइरसले छटपटिएका नेपालीहरुको स्वास्थ्य परिक्षण जस्तो गहन विषयमा खेलवाड नगरिकन निचोडमा पुगेर जनस्वास्थयमा असर नपर्ने किसिमको कार्य सम्वन्धित निकायबाट होस् भन्ने कोरोनाबाट त्रसित जनताहरुको माग रहेको छ ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार