Techie IT
१० असार २०७८, बिहीबार

अवैध रुपमा भन्सार छलि लैजाँदै गरेको हरियो मटर सहित पक्राउ


काठमाडौं ,भाद्र २९

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१२ भटौलिया चोकबाट अवैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब १६ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको हरियो मटर सहित रुपन्देही सियारी गाउँपालिका(८ भन्सार बस्ने २५ वर्षीय बिनोद चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले ना.४ ख ४६२५ नम्बरको ट्रक जाँच गर्ने क्रममा उक्त हरियो मटर फेला पारी ट्रक चालक चौधरीलाई पक्राउ गरेको हो ।चौधरीलाई मटर र ट्रक सहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्