काठमाडौं उपत्यकामा सोमबार थप ५१२ जनामा कोरोना संक्रमण

काठमाडौं ।
काठमाडौं उपत्यकामा सोमबार थप ५१२ जनामा रोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ४४० ,ललितपुरका २९ जना र भक्तपुरमा ४३ जना गरी काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् । योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ हजार २ सय ४८ पुगेको छ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्