Techie IT
१९ मंसीर २०७८, आईतबार

‘पाँच लाख कर्मचारीलाई एकै पटक नेपाली कोट लगाऔँ’


काठमाडौँ । रविन्द्र शाक्य हस्तकला महासंघका उपाध्यक्ष तथा १८औँ हस्तकला व्यापार मेलाका संयोजन हुन् । यही मंसिर ३ देखि ५ गतेसम्म बौद्धस्थित हायात होटल परिसरमा महासंघले आयोजना गर्न लागेको १८औ“ हस्तकला टे«ड फेयर तथा १६औ“ हस्तकला प्रतिस्पर्धाका सन्दर्भमा शाक्यस“ग आर्थिक दैनिकको लागि कृष्णप्रसाद लामिछानेले गरेको कुराकानीको सम्पादित अंशः

१८औँ हस्तकला मेला किन गर्न लाग्नुभएको हो ?
कोरोना महामारीले हस्तकलाको बजारलाई पारेको असरलाई हटाई हस्तकलाकर्मीहरूको बजारमा पहुँच पु¥याउन हामीले यो मेला आयोजना गरेका हौँ । यही मेलाबाट प्रदेश र जिल्ला संघहरूले पनि सहभागिता जनाउने इच्छा देखाएका छन्, जसबाट देशभरका व्यवसायीलाई मेलामा सहभागी गराउने हाम्रो उद्देश्य पूरा हुने भएको छ । कोरोना माहामारीबाट अघि बढेकोे अवस्थामा यो मेलाले हस्तकलाकर्मीहरूलाई धेरै सकारात्मक ऊर्जा दिने र नेपाली हस्तकलाको बजार थप विस्तार गर्न सहयोग गर्ने हुनाले हामीले यो मेला आयोजना गरेका हौँ ।

विगतमा काठमाडौँको भृकुटीमण्डपमा मेला हुन्थ्यो तर अहिले एउटा होटलमा हुँदै छ नि, किन ?

भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी गर्दा सरकारी र कूटनीतिक क्षेत्रका सरोकारवालाहरू नआउने अवस्था भयो । फाइभस्टार लेबलमा पुगेपछि वास्तवमै यसको ग्रोथ हुने र रेसियो समेत बढ्ने अपेक्षासहित हामीले बौद्धमा रहेको हायात होटलमा मेला गर्न लागेका हौँ । भृकुटीमण्डपमा गर्दा सर्वसाधारण भिजिटर बढी हुन्थे भने हायात होटलमा हुँदा नेपालमा उच्चपदस्थ अधिकारीदेखि कूटनीतिक नियोग, नेपालस्थित राजदूतहरूको सहभागिता रहन सक्ने भएकोले मेला अझै प्रभावकारी हुनेछ भन्ने लागेर पनि यहाँ सञ्चालन गर्ने निर्णय गरेका हौँ । वास्तवमा नै नेपालीको सीप विश्वलाई चिनाउने यो एउटा ठूलो अवसर हो भन्ने पनि हामीले सोचेका छौँ । फेरि हामीले योभन्दा अगाडि भाटभटेनीमा पनि गरेका थियौँ त्यहाँ पनि सफल भयौँ र हामीले यस्ता ठाउँमा गर्नुपर्ने रैछ भनेर र यस्तो ठाउँमा मेला आयोजना गरेका हौँ ।

कोरोनापछि हस्तकलाको अवस्था कस्तो छ ?

कोरोनाले सबै क्षेत्रलाई असर गरेको भए पनि हस्तकला क्ष्ेत्रलाई खासै हसर गरेको देखिएन । हस्तकलाको पनि परम्परागत हस्तकलालाई असर गरेको देखियो भने नयाँ हस्तकलामा असर गरेको छैन । यसबीचमा हामीले हस्कतलाको काम गर्ने सबै साथीहरूलाई भेट्यौँ उहाँहरूको कुरा बुझ्यौँ पनि । त्यही परीक्षण पनि भनौँ हामीले भाटभटेनीमा गरेको मेलाले पनि उल्लेख्य सफलता प्राप्त ग¥यो ।

हस्तकलाको आन्तरिक र बाह्य बजार विस्तार गर्न के गरिरहनुभएको छ ?
हामीले सम्पूर्ण समय यसलाई नै दिएर काम गर्न थालेपछि हाम्रो सामानहरू कमसेकम सम्पूर्ण नेपालीले थाहा पाऊन् भन्ने हो । त्यसका लागि यस्ता मेला आयोजना तीव्र गरिरहेका छौँ साथै नेपाली सामानहरू नि अन्तर्राष्ट्रियस्तरको हुन्छन् भन्ने नेपालीहरूलाई विश्वास दिलाउन राम्रा सामानहरू बजारमा ल्याइरहेका छौँ । त्यसका लागि हस्तकलाकर्मीहरूलाई तालिमहरू दिएका छौँ जसले गुणस्तरीय सामानहरू बनाउन मदत गरोस् । त्यसपछि यसले रोजगारी बढेको छ ।

हस्तकला महसंघले ती हस्तकलाका सामान बिक्री गर्न ई–कला नेपाल डटकम पोर्टल नै निर्माण गरेर हस्तकला सामान बिक्री सुरु गरेको छ । जसको कारणले अहिले धेरै रुचाइएको डिजिटल माध्यमबाट पनि आमी आम जनताकोमा पुग्न कोसिस गरिरहेका छौँ । जसले विशेषरूपमा हस्तकलामा नयाँ पुस्तालाई पनि आकर्षित गरेको छ । यसबाट विदेशीहरूले पनि नेपाली कला र नेपाली सामानहरू हेर्न र सहजै किन्न पाइरहेका छन्, जसले गर्दा नेपाली बजार मात्र नभएर अन्तर्राष्ट्रिय व्यापारमा नै योगदान पुग्दै गएको छ । फेरि यस पटक हामीले नेपालस्थित सबै विदेशी कूटनीतिक नियोग, नेपालस्थित विदेशी राजदूतहरूलाई आमन्त्रण गरेका छौँ । यहाँ भएका ४० वटा कूटनीतिक नियोग र दूतावासहरूमा पत्राचार गरिसकेका छौँ । ५० प्रतिशतभन्दा बढीले चासो देखाउनुभएको छ । जसले विदेशी उच्च तहका व्यक्तिहरूको मेलामा भ्रमण हुने र विदेशी व्यापारको लागि पनि सहज हुने अपेक्षा छ ।

नेपाली हस्तकला महँगो छ भन्ने छ नेपालीहरूमा, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

हो, नेपाली हस्तकला तुलनात्मकरूपमा महँगो छ, यसलाई आम व्यवसायीले पनि स्वीकारेका छौँ । यसको प्रमुख कारण भनेको हस्तकला व्यवसाय जसरी जुन भोलुममा नेपालीहरूलाई आफ्नो जीविको पार्जन गर्न आवश्यक पर्छ त्यो मात्रामा व्यापार गर्न सरकारबाट सहयोग र सपोर्ट नभएकै कारण महँगो हुनगएको हो । सरकारले सपार्ने नगर्ने विदेश निर्यात गर्नलाई अनि नेपालीमा विदेशी मोह बढी छ त्यसैले लिमिटेड इभिसनजस्तै भएको कारण पनि यो महँगो परेको हो । सर्वसाधारणमा मात्र होइन, राज्यमा समेत विदेशी वस्तुप्रतिको मोह छ । आयातित सामान राम्रो हुने, स्वदेशी उत्पादनमा नाक खुम्च्याउने सोचलाई निरुत्साहित गरेर स्वदेशी उत्पादन नै उपयोग गर्ने वातावरण बनाउन सकियो भने स्थानीय बजारमै खपत बढ्न सक्छ र खपत बढेपछि बढी उत्पादन गरेर लागत घटाउन सकिन्छ । नभएसम्म यस्तो कुराहरू आई नै रहन्छन् र त्यसमा हामीले पनि केही गर्नसक्ने अवस्था रहँदैन ।

यो मेलामा व्यवसायीहरूले कस्तो उत्साह देखाए ?

मुख्यगरी बढी निर्यात हुने पस्मिना, फेल्ट, कार्पेट, धातुकला, काष्ठकला, प्रस्तरकला, चाँदीका सामान, थान्कामा उत्साह देखिएको छ खुकुरी, हेम्प, अल्लोमा त्यति उत्साह देखिएको छैन । जिल्ला र प्रदेशबाट यस्ता प्रोडक्टको सहभागिता होस् भन्ने हाम्रो प्रयास छ । मेलामा विविधिता भयो भने मेलाको रौनकता बढ्न सक्छ, व्यापार भनेको फरक पक्ष हो तर आफ्नो पहिचान, प्रस्तुतीकरण, हस्तकलाको विविधता महत्वपूर्ण पक्ष हो । यसमा हामीले सक्दो प्रयास पनि गरेका छौँ ।

हस्तकलाको भविष्य कस्तो देख्नुहुन्छ ?

हस्तकलाको राम्रो सम्भावना भनेको नेपालसँगै विदेश निर्यात नै हो । पछिल्लो दुई÷तीन वर्षको अन्तरमा सञ्चारमाध्यमहरूबाट हस्तकलाको राम्रो प्रचार भएको छ । जसले गर्दा यसमा नेपालीहरूको रुचि बढेको छ । म तपाईँमार्फत हस्तकलालाई माया गर्ने सम्पूर्ण सञ्चार माध्यमहरूलाई विशेष धन्यवाद दिन चाहन्छु । पछिल्लो समय नेपाली बजारमा ढाकाको कपडा, सझावटलगायतका सामान धेरै प्रयोग भएको छ । आन्तरिक बजार धेरै नै बढेको छ । सम्भावना भएर नै आन्तरिक बजार चलायमान भएर आएको छ । यही कारणले कोरोनामा समेत नेपाली हस्तकला धेरै पछि पुग्न परेन ।

आधुनिक हस्तकलामा प्रविधिको प्रयोग पनि गर्नुपर्ने होला नि, मेलामा प्रविधि प्रदर्शनी छैन ?

यस पटक प्रविधि प्रदर्शनीभन्दा पनि हामीले पुस्तान्तरणलाई समेट्न खोजेका छौँ । ६० वर्षभन्दा माथिका कालीगढ कलाकारले के गरिरहेका छन्, उनीहरूको सोच, प्रविधि कस्तो छ ? ४० देखि ६० वर्षका कलाकार र कालीगढमा त्यसले कस्तो प्रभाव पारेको छ भन्ने देखाउन खोजिएको छ । त्यस्तै नयाँ पुस्ता के गर्दै छ भन्ने बुझ्न तारागाउँ कल्चर सेन्टरमा तीन विधाका हस्तकलालाई देखाउन खोजेका छौँ । त्यहाँ पेन्टिङ, धातुकला र भाँडाकुँडा रहनेछन् । त्यहाँ ६० वर्षभन्दा माथि, मिडल एज अर्थात् ४० देखि ६० वर्ष उमेर र पछिल्लो पुस्ता बनाएका हस्तकलाका प्रदर्शनी हुनेछ । साथै ७० वर्षभन्दा माथिका वरिष्ठ कलाकार सम्मान कार्यक्रम पनि रहेको छ । ७० वर्षभन्दा माथिका कलाकारका कतिपय सीप र प्रविधि नै लोप हुने अवस्थामा पुगेको छ । पाको हुँदै गएपछि काम गर्न नसक्ने, पुस्तान्तरण पनि नहुने अवस्था देखिएको छ । त्यसैले मेलामा यस पटक प्रविधि होइन पुस्तान्तरण देख्नुहुनेछ ।

प्रदर्शनीमा कति सहभागी हुने अपेक्षा छ ?
विगतको प्रदर्शनीमा दुई÷तीन लाख दर्शकले अवलोकन गरेका थिए । अहिले कोरोनाको कारण कम्तीमा दैनिक २० देखि २५ हजार जनाले प्रदर्शनी हेरे पनि हामी प्रदर्शनी सफल भएको मान्ने छौँ ।

हस्तकलाको बजार विस्तार गर्न सरकारबाट के अपेक्षा गरेको छ महासंघले ?
नेपाली ब्युरोक्र्याटमा चार÷पाँच लाख कर्मचारीहरू छन्, यी सबै कर्मचारीहरूलाई सरकारले भनोस् एकै पटक सुरुवात गरौँ नेपाली कोट लगाउन । यसबाट सुरु हुन्छ हस्तकलाको नेपाली बजार । त्यसपछि परिचयपत्र झुण्ड्याउने ढाकाको कपडा बनाऔँ त्यो पैसा त विदेशमा गएन र नेपाली सामान प्रयोग भयो नि । पीबीसी कार्डमा परिचयपत्र छाप्नुभन्दा नेपाली कागज प्रयोग गरौँ न । यसबाट सुरुवात गर्दै जाँदा विदेश निर्यातमा पनि सरकारबाट सहयोगको अपेक्षा छ ।

आर्थिक दैनिक


क्याटेगोरी : अन्तर्वार्ता


तपाईको कमेन्ट लेख्नुहोस्