Techie IT
१९ मंसीर २०७८, आईतबार

बन्दाबन्दी होस् वा अहिलेको परिप्रेक्ष्यमा कच्चा पदार्थ आउन निक्कै अप्ठेरो भइरहेको छ


काठमाडौँ ।नेपालमा उद्योग तथा उद्योगीहरुलाई सहज वातावरण छैन । कोभिड–१९ को महामारीमा त उद्योगहरुले एक खालको युद्धग्रस्त समस्या नै भोग्नु प¥यो जसको प्रभाव अहिले सम्म पनि रहेको देखिन्छ , कारण सरकारले उद्योगीसँग आवश्यक समन्वय गर्न सकिरहेको छैन । यति हुदाँ हुदै पनि पछिल्लो समय उद्योगीहरु उद्योग सञ्चालन गरि सकेका छन् । उत्पादित सामग्री निर्यात गरिरहेका छन् । सोहि क्रममा ‘निटिङ निडल्स’(क्रुरुस) उत्पादन गर्ने इम्बार्क इन्टरनेशन उद्योगले बन्दाबन्दी खुले सँगै हिजोको दिनमा भोगेको समस्या र वर्तमान समयमा उद्योग सञ्चालनको यथार्थतालाई लिएर सोहि उद्योगका संस्थापक तथा उद्योगी मिर्जा राशिद बेगसँग आर्थिक दैनिकका लागि प्रवीन राउतले गरेको अन्र्तवार्ता  :

 बन्दाबन्दी खुले पनि कोभिड १९ को महामारी कायमै छ तुलनात्मक रुपमा अहिलेको स्थितिमा तपाईको उद्योगको उत्पादन निटिङ निडल्स तथा निर्यात कस्तो रहेको छ ?

कोभिडले सबैलाई उद्योगलाई एकैपटक असर ग¥यो, त्यसको असरले गर्दा उद्योगलाई अघि लैजान सकिरहेको छैनौं । तर, बन्दाबन्दी सके पछि सम्पूर्ण क्षेत्र विस्तारै लाइनमा आउन खोजिरहेको छ । अब निटिङ निडल्स उत्पादनको कुरा गर्दा मुख्य वस्तु भनेको कच्चा पदार्थ हो तर मेरो उद्योगको लागि कच्चा पदार्थ अभाव छ ।
बन्दाबन्दी होस् वा अहिलेको परिप्रेक्ष्यमा कच्चा पदार्थ आउन निक्कै अप्ठेरो भई रहेको छ । उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ छैन आयात मै भरपर्नु पर्ने वाध्यता रहेको छ । स्थानीय बजारमा कच्चा पदार्थन नहुदाँ ढुवानी गर्नु पर्ने वाध्यता रहेको छ । अब कच्चा पदार्थ ढुवानी गरिने भनेको कि भारत र कि त चीनबाट हो । बन्दाबन्दीमा र अहिलेको समयमा पनि कच्चा पदार्थ आउने एकदमै ढिलासुस्ती भयो वा भनु अर्कोतर्फ अर्डर दिदाँ पनि कच्चा पदार्थ ल्याउन गाह्रो भयो कारण कच्चा पदार्थ ल्याइने मुलुक र ढुवानी गरिने मुलुकमा भएको बन्दाबन्दीले बढी प्रभावित हुन पुग्यौं ।
समग्रमा सामान्यस्थिति तर्फ हामी गईरहेको भए पनि जुन तरिकाले चलायमान हुनपर्ने हो हामी त्यसो हुन सकेका छैनौं । कारण कच्चा पदार्थ अभाव छ , यति हुदाँ हदै पनि उत्पादनमा जोड दिइरहेका छौं ।
वार्षिक म ३०÷ ३५ वटा सीपमेन्ट गर्छु कोभिड भए पछि भने गएको वर्ष ८÷९ वटा सीपमेन्ट गर्न सक्यौं ।त्यो पनि ज्यादै कठिनाई भोग्दै गर्नुप¥यो । चालु आर्थिक वर्षको आजको दिनसम्म मैले ४ वटा सीपमेन्ट समेत गर्न सकेको छैन । त्यसैले गर्दा उद्योग र उद्योगीहरु कस्तो स्थितिमा छन् सबैले थाहा पाउन सक्नु हुन्छ । त्यसैले गर्दा हामी भित्र उद्योगलाई लिएर भएको विश्वास समेत सरकारले मारिदिन्छ । अनि हत्तोसाहित मानिस कसरी अघि बढ्ने ।

त्यसो भए अहिले पनि सम्पूर्ण व्यवसायीहरुले कच्चा पदार्थको जुन कठिनाई भोग्नु भएको थियो तपाईले पनि कच्चा पदार्थको अभाव भोग्नु भयो ?

कच्चा पदार्थ मुलुका विभिन्न उद्योगमा कति अभाव भयो भन्ने कुरा सञ्चारमाध्यमबाट थाहा पायौं । यस विषयमा त हामीहरु भन्दा बढी तपाई अर्थात् मिडियाकर्मीहरुलाई थाहा भयो तर कच्चा पदार्थको अभाव कै कारण कति धेरै मेरो उद्योग र मैले समस्या भोगे भन्ने कुरा त्यो मेरो लागि अकल्पनीय रह्यो ।
अब एकछिन हिजोको दिन अर्थात् बन्दाबन्दीको समयमा सरकारले उद्योगलाई गरेको व्यवहार मैले तपाईको पत्रिका मार्फत् जानकारी गराउनै पर्छ , सरकारले कच्चा पदार्थ ल्याउन दिने भन्यो त्यसको लागि ढुवानी समेत खुला ग¥यो तर अन्य मुलुकका नागरिक नआहोस् भनेर नाकाहरु कडाईका साथ बन्द गर्दा उद्योग तथा उद्योगीहरु थप मारमा पर्न गयो ।
जुन अवरोध अहिलेसम्म पनि सामान्य हुन सकेको छैन त्यसैले गर्दा कहिले सम्म यो समस्या रही रहन्छ म लगायत सम्पूर्ण उद्योगहरुको पीडा समस्या भने कै यही हो ।
मुलुकभित्रको मात्र बन्दाबन्दी भएको भए त्यति असर गर्ने थिएन तर मुलुक बाहिर अन्य मुलुकहरुमा पनि बन्दाबन्दीको समस्या छ , सरकार पहल गर्दैन, अनि हामी मारमा पर्दैनौं ।
मैले निटिङ निडल्स लागि आवश्यक कच्चा पदार्थ भारत, चीन, रसिया, अमेरिका , जर्मनी फिनल्याण्ड लगायतका मुलुकबाट आयात गर्छु । निटिङ निडल्स निर्माण गर्नको लागि कच्चा पदार्थको रुपमा कच्चा काठ, रेजिन लगायतका केमिकल, रंग आवश्यक पर्छ अहिले पनि सजिलै पाउन सकिरहेको छैन । बन्दाबन्दीमा त झनै सिमित कच्चा पदार्थ आयात गर्न प¥यो त्यो पनि भारत र चीनबाट । त्यसैले गर्दा त्यतिखेर उत्पादन गर्न सकिएन ।

यतिका समस्या बताउनु भए पछि अहिले पनि कोभिडका कारण उद्योगी, नेतृत्व तह, प्रशासक , आम नागरिक दोधारे मनिस्थितिमा छन् , यस्तो अवस्थामा चाँहि तपाईले आफनो उद्योगको उत्पादन बढाउने वा नबढाउने के गर्ने सोचमा हुनुहुन्छ ?

एकदम राम्रो प्रश्न गर्नु भयो यो प्रश्नको लागि तपाईलाई म धन्यावाद दिन चाहान्छु । कोभिडको प्रभावका कारण बन्दाबन्दीको खबर अझै पनि सुन्ने गरेका छौं जसले गर्दा हामी सबैमा व्यवसाय, उद्योगधन्दा, कलकारखाना अघि बढाउने÷नबढाउने दोधारे मनस्थितिमा हामी रहेका छौं । यति हुदाँ हदै पनि जब उद्योग स्थापना गर्छौं हामी हरेक दिन आफनो उत्पादन बढ्योस् भनेर चाहन्छौं । तर उत्पादनमा एकचोटि ब्रेक लाग्यो भने त्यहाँ सुस्तता छाँउछ । हामी उत्पादन बढाउन खोज्छौं ।

तर सरकारले हामीलाई सहयोग भन्दा बढी असहयोग गरिदिन्छ अनि समस्यमा पर्छौं ।
सरकारले कच्चा पदार्थ आयात, निर्यात गर्न रोक लगाउछ सरकारको स्वास्थ्यको कारणले गर्दा होला भन्छौं , हामी त्यसलाई सकारात्मक रुपमा लिन्छौं । तर, सरकारले जुन गतिमा समस्या समाधान गर्न सक्थ्यो त्यो गर्न नसक्दा हामी भित्र सरकारप्रति भएको एउटा विश्वास भने गुम्न गयो । जसले गर्दा अनिश्चितता थप्यो । सरकारले कच्चा पदार्थ आयात, उत्पादन निर्याातमा सहयोग गर्न सक्छ, बजारीकरण लगायतका विषयमा सहयोग गर्न सक्छ तर गर्दैन् । सरकारको यो रवैया महामारीमा मात्र होइन सामान्य अवस्थामा पनि देख्छौं । अब भन्नुहोस् हामी उत्पादन बढाउने कि नबढाउने ? अर्कातर्फ उद्योग लगाई सकेका छौं । त्यसैले गर्दा सदैव दोधारे मनिस्थितिमा हामी उद्योगबाट सामग्री अर्थात् निटिङ निडिल्स उत्पादन गरिरहेका छौं ।

त्यसो भए तपाईहरुले सरकारबाट खोजेको सहयोग चाँहि कस्तो हो ?

सरकारले त भन्ने मात्र काम गर्ने होइन । सरकारले के गर्छ र बिडम्बना छ । कति महिनासम्म त अर्थतन्त्रको मेरुदण्डको रुपमा लिइने उद्योग हेर्ने निकायको नेतृत्व अर्थात् मन्त्री नै नभएको अवस्था थियो । कयौं महिना उद्योग मन्त्री नै पाउन सकेनौं । देशमा अन्य मन्त्रालयले नेतृत्व पाँउछ । उद्योगमा मन्त्री नै थिएन। उद्योगहरुले देशलाई चलायमान बनाउथ्यो त्यसको नेतृत्व गर्ने मन्त्री नै थिएन भने पछि सरकारले उद्योग र उद्योगीलाई हेर्ने नजर कस्तो छ सबैले थाहा पाउनु भयो ।

सरकारले पहिलो प्राथमिकतामा उद्योगमन्त्री राख्नु पथ्र्यो अर्थात् गृह,रक्षा सरह उद्योग मन्त्रालयलाई प्राथमिकतामा सरकारले राख्नु पर्ने थियो । तर ३ महिनासम्म उद्योगमन्त्री थिएन । तर सरकारको मुख चल्ने काम नहुने प्रकृति देखियो । उद्योगलाई हामी प्रोत्साहन गर्छौ, सेवा सुविधा प्रदान गर्ने , सहजीकरण गर्छौ भनेर मुख चलाउने तर व्यवहार नचालउने प्रवृत्तिले हामी मारमा परेका छौं र परिरहने म देख्छु । केन्द्रीय सरकारको मात्र नभई प्रदेश र स्थानीय सरकारको समेत समस्याग्रस्त उद्योगमा ध्यान गएको छैन ।

स्वयं उद्योगहरु आफनो समस्या सरकारलाई सुनाउन जाँदा पनि सरकार तथा सरकारी अधिकारीहरुले समस्या सुन्दैनन् । यहाँ उद्योग दर्ता गर्न देखि लिएर, कच्चा पदार्थ, उपकरण, प्राविधिज्ञ भित्राउन तथा उत्पादित सामग्री निकास गर्न समेत समस्या छ । मैले यसअघि पनि भनि सके मेरो उद्योग दर्ता मात्र गर्न विदेशबाट तीन पटक आउनु प¥यो । त्यसैले गर्दा सरकारले जसरी सार्वजनिक रुपमा उद्योग तथा उद्योगी अर्थतन्त्रका मेरुदण्ड हुनु , मुलुकमा औद्योगिक विकास हुनुपर्छ, उद्योग र उद्योगीहरुलाई प्रर्वद्धन गर्छौ भनिरहेको हुन्छ त्यसलाई कार्यान्वयनमा ल्याए , हामी धेरै आभारी हुने थियौं ।

उद्योगीलाई यति धेरै समस्या रहेछ, तपाईको उद्योगलाई चाँहि सरकारबाट सहयोग÷असहायोग कस्तो भएको पाउनु भएको छ ?
मध्य कोभिड तथा बन्दाबन्दीमा उद्योगको लागि सरकारले के ग¥यो गरेन त्यो छाडौं एकछिनको लागि तर बन्द पछि अहिलको सामान्यतर्फ उन्मुख अवस्थामा सरकारले के चाँहि गरेको छ त ? तपाईको लोकप्रिय अखबार मार्फत् सरकारलाई मेरो प्रश्न छ।

सरकारी अधिकारीहरु मुलुकमा विभिन्न क्षेत्रमा अझैं भनु मेरो जस्तो पिछडिएको समाजमा खोलिएको उद्योगमा जानु भएको छ÷छैन एक पटक ती अधिकारीहरुलाई सोध्नुहोस् जो मुलुकको उद्योग हेर्ने निकायमा बस्नु भएको छ । अनि के–कस्ता राहत प्रदान गर्नु भएको छ । मलाई आजसम्म त्यस्तो भान हुन सकेको छैन कि मेरो उद्योगले सरकारबाट केहि राहत मिलेको हो । यहाँ सम्म उद्योग ल्याउनुमा मेरो आफनै परिश्रम, मेहेनत रहेको छ ।

राजधानीका छ÷सात जना उद्योगी सँग सरकारी अधिकारी बसेर छलफल गरेर मुलुकभरको उद्योगको समस्या गर्छु भनेर छाडिदिने । राजधानीको कुनै होटलमा बस्ने बैठक गर्ने खाना खाने गफ गर्ने अनि आफनो घर लाग्ने कामले त भएन । मुलुकभरको उद्योगको विकास त हुदैन होला ।

उद्योगको लागि यस्तो सरकारी नीति त भएन नी ! सरकारको नीति भनको त राज्यको कुन–कुन ठाँउमा उद्योगहरुलाई के कस्तो असर गरेको प्रत्येक नागरिकलाई परेको असर बारेमा थाहा पाउनु प¥यो नि । हामी पनि नेपाली नागरिक अनि त्यसपछि उद्योगी हुँ, अनि उद्योगमा साढे तीन सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । कोभिडमा समेत सेवा सुविधा दिएर राख्यौं । कोभिडका कारण बन्द भएको समयमा पनि मासिक तलब लगायतका सेवा सुविधा निरन्तर दियौं ।

तर सरकारले, सरकारी प्रतिनिधिले देखेनन् र हेर्न पनि आएनन् । स्थानीय सरकार तथा प्रतिनिधि समेत आएनन् भने पछि ,अब सरकार वा कुन तहको सरकारको कुरा गर्न । यस्तो निर्दयि प्रतिनिधिको कुरा गरेर बस्नु बेकार छ ।राज्यमा उद्योगीको योगदान ठूलो हुन्छ । हाम्रो परिवेश वा तराईको क्षेत्रको उद्योगमा एकजनाले रोजगारी पाउनु भनेको १५÷२० जना सदस्य भएको परिवार चल्नु हो ।
सरकारले कर पाँउछ । कर नतिर्दा तुरुन्त सन्देश मोबाइलमा आउछ, फोन आउछ । ती फोन गर्ने अधिकारीहरुले इम्बार्क इन्टरनेशनलले थाहा होला नि हामी निटिङ निडिल्स बनाँउछौं भनेर ।

नेपालको नमूना उद्योग हो भनेर, जसमा ६५ प्रतिशत महिला छन् भनेर उनीहरलाई थाहा होला । राज्यका अधिकारीहरु आएर के सहयोग गर्न सक्छ भनेर बुझन पर्छ ।म नेपाल बाहिर पनि उद्योग स्थापना गर्न सक्छु तर म आफनो देशको मायाले देश र देशका नागरिकलाई फाइदा होस् भनेर आफनै ठाँउमा उद्योग लगाई रहेको छु । त्यसमा राज्यको सर–सहयोग दिनु पर्दैन। मैले थोरै मात्र सहयोग पाए भने नेपालको अर्थतन्त्रमा रोजगारी क्षेत्रमा कति योगदान दिन सक्छु भनेर मूल्यांकन गर्नु आवश्यक छैन र ! अझै मेरो त शतप्रतिशत निर्यातजन्य उद्योग ।

 तपाई जस्तो शतप्रतिशत निर्यात गर्ने उद्योगलाई विभिन्न किसिमको राहत तथा सुविधा प्रदान गर्नु पर्ने ठाँउमा सरकारले झन् अवमूल्यांकन गरेको हो, त?

एकदम सही भन्नु भयो । हाम्रो काम र योगदानलाई सरकारले अवमुल्यांकन गरेकै हो त्यो पनि तीन तह (संघ, प्रदेश र स्थानीय)ं को सरकारबाट । के राज्यलाई इम्बार्ग इन्टरनेशनल नै थाहा छैन त। म च्यालेन्ज गर्न चाहन्छु की नेपालको एक मात्र यस्तो नमुना उद्योग हो इम्बार्ग जसमा बढी महिला कामदार, सेवा सुविधामा कुनै प्रकारको अवरोध नहुने तथा शतप्रतिशत निर्यातजन्य ।
राष्ट्र बैंकमा विदेशी मुद्रा डलर आउछ भने पछि सरकारी निकायलाई पक्कै पनि मेरो उद्योगको बारेमा थाहा होला । तर, सरकारबाट राहत र सेवा सुविधा केहि पनि छैन ।

अर्कोतर्फ मेरो उद्योगको उत्पादनको लागि स्थानीय बजार छैन । भने पछि हाम्रो सम्पूर्ण बजार भनेको विदेशमा रहेको छ । मेरो उत्पादन एसिया, युरोप र अमेरिका तीनवटै महादेश अर्थात् अमेरिका, क्यानडा, जर्मनी, फिनल्याण्ड, रसिया, जापान , चीन लगायत गरी ७० भन्दा बढी मुलुकमा निटिङ निडल्स निर्यात हुन्छ । त्यति मात्रै होइन बुझदै जाँदा स्थापना भए देखि अहिलेसम्म शतप्रतिशत निर्यातजन्य उद्योग इम्बार्क इन्टरनेशनल मात्रै रहेछ ।

सामान्य अवस्थामा एक महिनामा कम से कम ४ देखि ५ वटा सिपमेन्ट पठाउथ्यो । अहिले ७ महिनामा ५ वटा पठाउन सकेको छु । अनि खोई त सरकारले मेरो उद्योगलाई प्रोत्साहन गरेको, अप्ठेरोमा आड, भरोसा प्रदान गरेको । बन्दाबन्दी र सामान्यअवस्थामा र्फकिने तयारी गर्दा समेत र अहिलसम्म पनि मेरो उद्योगमा समस्या छ÷छैन भनेर कुनै सरकारी निकाय आएको छैन ।

निटिङ निडल्स जुनसुकै ठाँउमा अर्थात् बन्द कोठा भित्र, भान्सा, सवारी साधनमा, खुला पार्क, रेष्टुरेन्ट होटल लगायतका जुनसुकै स्थानमा सहजै यसको उपयोग गर्न सक्छौं हिजो र आजको समयमा तपाईको उत्पादनको माग चाँहि कस्तो छ ?

हिजो दिन अर्थात् बन्दाबन्दीमा भनौं हाम्रो उत्पादनको मागलाई लिएर हामी आश्चार्य चकित भयौं । जति उत्पादन गथ्र्यो त्यसको शतप्रतिशत भन्दा बढी माग आयो । किन कि विश्व कोभिडका कारण अन्यौलको स्थितिमा थियो तर खोपका कारण केहि आशा पनि पलाएको थियो । तर निटिङ निडल्स भने बन्दाबन्दीमा माग एक्कासी यति बढ्यो कि अनुमान भन्दा बाहिर रह्यो ।

जसले गर्दा उद्योगमा कार्यरत, इन्जिनियर, प्रशासक, प्राविधिक, सामान्य कामदार सबै जना चकित भए । यसको प्रमुख कारण भनेको प्रयोग गर्न जहाँ पनि सकेन, हाम्रो उत्पादन उत्कृष्ट हुन पुग्दा हो । अनि निटिङ निडल्स वातावरण मैत्री समेत रहेको छ ।त्यसैले गर्दा हामीले माग पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरौं । तर, समस्या सिर्जना भयो कच्चा पदार्थ कसरी ल्याउने,अनि निर्यात कसरी गर्ने । जति उत्पादन थियो त्यसलाई दोब्बर गर्ने तयारीमा पनि लाग्यौं । तर, हामी भूपरिवेष्ठित मुलुक भएको कारण सीपमेन्ट सम्भव भएन अब हवाई उडान मार्फत् पठाउन प¥यो तर उडान नै छैन । अनि अब हामी के गर्ने ? कच्चा माल पनि ल्ययौं तयार ग¥यौं तर निर्यात कसरी गर्ने बन्द छ ।

विश्वका विभिन्न मुलुकबाट अनलाइन अर्डर गर्छन् नयाँ नयाँ साइज टाइप माग गर्छन् । निर्यात गर्न नसक्दा अनि उत्पादन घटायौं, बिक्री समेत घटाउन प¥यो । सरकारले ध्यान पुराउने पर्ने हो उडान तालिका सरकारले मिलाउनु पर्ने हो । उडान शूल्क पनि महँगो यति धेरै महँगो भयो यहाँका उद्योगी भएको भए बन्द गर्थे म सँग चीनको अनुभव थियो जसले गर्दा हार मानिन् र उत्पादन गरी निर्यात गर्न सके ।
कच्चा पदार्थ र निर्यात गर्दाको कठिनाईले मेरो यति धेरैं आँसु आयो तर सरकारका एउटा अधिकारी पनि आँसु किन आयो भनेर सोध्न समेत आएनन् ।

 त्यसो भए उद्योगको आर्थिक उन्नति कस्तो रहयो ?
म सानो उद्योगी हु । म व्यवसाय गर्थे । उत्पादनमा आए उद्योग स्थापना गरे त्यो पनि शतप्रतिशत निर्यातजन्य उद्योग त्यो पनि हाम्रो परिवेशमा तराईको पिछिडिएको ठाँउमा । उत्तारचढाव हेर्ने हो भने कोभिड हटाउने हो भने विकास धेरै ग¥यौं । निर्यात तथा उत्पादनको उत्तारचढाव एकै चोटि तल जाने अनि विस्तारै उठ्दै फेरि तल जाने प्रक्रिया रह्यो ।

देशको मेरुदण्ड भनेको हामी जस्तो मझौला उद्योग हुन् । साना–सानो कुराले देशको उन्नित हुन्छ । हामी जस्तो कुना–कन्दरमा बसेको उद्योगले समाज, देशलाई उन्निततर्फ डोराउ छ । सरकारले यसमा ध्यान दिनु अत्यन्त आवयक छ । त्यसैले उद्योगपति र उद्योगीहरुलाई विभाजन नगरी हामी जस्तो उद्योगीलाई सरकारले हेर्नु आवश्यक छ । अनि मात्र हाम्रा जस्ता उद्योगहरुको आर्थिक उन्नति हेर्न लायक हुन्छ ।
अर्कोतर्फ सरकारले उद्योगलाई बचाउन ध्यान नदिएमा हामी यो भन्दा पनि खतरानाक अवस्थामा पुग्छौं र अर्थतन्त्र झन नकारात्मक दिशामा समेत जान सक्छ ।

 सरकारी असहयोग कै कारण उद्योगहरु मारमा प¥यो यसको मतलब तपाई पनि मारमा पर्नु भयो, पीडित हुनु भयो अनि तपाईको प्राविधिक, सामान्य मजदुर लगायतका कर्मचारीहरुको अवस्था भने कस्तो रह्यो ?

एक्कासी नसोचेको बन्दाबन्दी भयो अलि अगाडिको समय सम्झने हो भने । बन्दाबन्दी उद्योगमा कार्यरत कतिपय कामदारहरुले त सुनेका समेत भएको थिएन । अझै भनु यहाँ त धेरै उद्योगहरुले समेत सुनेको थिएनन् ।

बन्दाबन्दी भए पनिहामीले मजदुरहरुलाई कुनै सेवा सुविधाबाट वञ्चित हुन दिएनौं । तपाई जनुसकै समयमा मेरो उद्योगमा कार्यरत कर्मचारीहरुलाई सोध्न सक्नु हुनेछ । बन्द भने पछि हामी बैंक तथा वित्तीय संस्था बन्द भयो जसले गर्दा पैसा निकाल्नको लागि समस्या भयो । तर कर्मचारीहरु म माथि निर्भर थिए जसले गर्दा उनीहरुलाई मैले दिने सेवा सुविधाबाट वञ्चित गरिन । तर म अप्ठ्रोमा भने परेको थियो । हामी निरन्तर प्रयास गयौ, मैले रकम जोहो गरे । अर्कोतर्फ कोहि पनि कर्मचारी पनि उद्योगबाट निष्कासन गरिन् । धेरै राम्रो गयौं जसले गर्दा खुशी भए काम नगर्दा पनि पैसा पाए भनेर कामदारहरु अत्यन्त खुशी भएका छन् । अहिले त वातावरण सहज भइ सकेको छ उनीहरुलाई कुनै समस्या छैन ।

म आफैले सरकारसँग पहल गरी कामदारहरुलाई खोपको समेत व्यवस्था ग¥यौं । धेरै गाह्रो भयो । तर, पनि उद्योगमा कार्यरत ६० प्रतिशतले पूर्ण रुपमा खोप लगाई सकेका छन् ।

अन्तयमा मेरो व्यक्तिगत विचार भनेको जोखिमको समयमा कसरी अघि बढ्यो र सरकारी रवैयालाई लिएर गुनासो राख्यो भने अन्त्य नहुन पनि सक्छ । सञ्चारमाध्यमले हाम्रो समस्या बाहिर ल्याएमा सत्यतथ्य ल्याएमा । कि त जनता उठ्छ सरकार हल्लिन्छ, कि त सञ्चारमाध्यम उठ्छन् सरकार हलिन्छ । तपाईहरु मिडिया मुलुकको उद्योगहरुमा पुग्नु भयो भने उद्योगीहरुलाई सहानुभूति हुन्थ्यो , हाम्रो अप्ठेरोलाई बाहिर ल्याई सम्वन्धित निकायलाई झक्झकाई दिएमा धेरै राहत हुन्थ्यो ।आर्थिक दैनिक


क्याटेगोरी : अन्तर्वार्ता



तपाईको कमेन्ट लेख्नुहोस्