Techie IT
१३ असोज २०७९, बिहीबार

प्यूठानमा बामदेब गौतम प्रचण्डका कोटाका उम्मेदवार होलान, गठबन्धनका होइनन् ’(अन्तर्वार्ता)

‘प्रनिनिधि सभाको निर्वाचनमा प्यूठानमा मेरो दाबी रहन्छ’


काठमाडौं ।मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएपछि अहिले देशका बिभिन्न जिल्लाहरुमा निर्वाचनको माहोल तातिरहेको छ । २०७४ सालमा झण्डै दुई तिहाइ नजिक सिट प्राप्त गरेर सरकार निमार्ण गरेको त्यतीबेलाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले टुक्राटुक्रा बनेको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अबस्थामा फर्काइदिएपनि केहि माओवादी नेता एमालेमै रहे भने एमालेका केहि नेताहरु पार्टी छोडेर एकिकृत समाजवादी बनाए ।

कम्युनिष्टहरुको गढ मानिएको प्यूठान जिल्लामा राष्ट्रिय स्तरका धेरै नेताहरुको प्रभाव देखिएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रका नेता मणी थापा हाल नेकपा एमालेमा रहेका छन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा समेत एमालेले नै अन्तरघात गरेर बर्दियाबाट चुनाव हारेको दावी गर्ने बामदेव गौतम अहिले गठबन्धनको बलमा प्यूठानबाट निर्वाचन लड्ने तयारिमा छन् ।

राष्ट्रिय जनमोर्चाले गठबन्धनबाट निर्वाचन जितेकाले अहिले पनि आफूले पाउनुपर्ने आषय राखेको देखिन्छ । त्यस्तै, माओवादी केन्द्रका नेता लिलामणी पोख्रेल,कृष्णध्वज खडका, रेखा शर्मा लगाएतका नेताहरुको पनि उतिकै प्रभाव छ । गत निर्वाचनमा कम्युनिष्ट पार्टीहरुको गठबन्धनलाई राम्रो मत लिएर चुनौति दिएको नेपाली कांग्रेस सहज चुनाव जित्ने उत्तम समय फेला पारेको अबस्थामा छ ।

नेपाली कांग्रेसबाट राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष नेता गोबिन्द्रराज पोख्रेल र तरुण दलका पूर्व केन्द्रीय सचिव खिमानसिंह रायमाझि लगाएत केन्द्रीय स्तरमा आफ्नो पहिचान बनाएका नेताहरुको नाम पनि चर्चामा छ । गठबन्धनलाई चुनौति दिन नेकपा एमालेले आफ्नो पार्टीका प्रभावशाली नेता सुर्य थापालाई अगाडी सार्ने सम्भावना रहेको छ ।

१ प्रतिनिति सभा र २ प्रदेश सभा रहेको प्यूठान जिल्लालाई अहिले राष्ट्रिय स्तरमा देशभरबाट चासोको रुपमा हेरिएको छ । यस्तो परिस्थितिमा आउदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस प्यूठानले कस्तो रणनिति अपनाउने तयारि गरेको छ ?  निर्वाचनमा गठबन्धनको प्रमुख दल कांग्रेसको के भूमिका रहन सक्छ ? प्रस्तुत छ सुलसुलेका प्रतिनिधिले तरुण दलका पूर्व केन्द्रीय सचिव तथा कांग्रेस प्यूठान जिल्लाका नेता खिमानसिंह रायमाझिसँग गरेको कुराकानीको सम्पादित अंश  :

निर्वाचनको माहोल प्यूठानमा धेरै बढिरहेको छ । नेपाली कांग्रेस प्यूठानले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्छ कि आफ्नै उम्मेदवार खडा गर्छ ?

निर्वाचन नजिकिदै गर्दा निर्वाचनको माहोल तातिनु स्वभाविक नै हो । सबै नेताहरुले लामो समय सम्म पार्टीका बिभिन्न गतिबिधिहरुमा योगदान दिएका छन् । नेपाली कांग्रेस प्यूठानले कम्युनिष्टहरुसँग बिभिन्न निर्वाचनमा प्रतिस्पर्धा गरिआएको छ ।

पटक पटक प्यूठानबाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरुले जनतालाई बिभिन्न बाहानमा दु:ख दिएका छन् ।
त्यसैले उनीहरुको विकल्प अहिले प्यूठानी जनताले खोजेको समय छ । हिजो उनीहरु सबै मिलेर हामी सँग प्रतिस्पर्धा गरेका हुन् ।

तर, उनीहरुको पार्टीको आन्तरिक विवादले पार्टी टुटफुट भयो । त्यसले सिंगो देशलाई अझै केहि वर्ष पछाडी धकेलिदिएको छ । उनीहरुले गरेको बदमासीलाई प्यूठानी जनताले रुचाएको अबस्था छैन ।

किनभने, त्यो स्थानिय तहको निर्वाचनको परिणामले स्पष्ट बताएको । उनीहरु स्वार्थले फुटेका हुन् । भोली मिल्न पनि सक्छन् । केहि भर हुदैन् । नेपाली कांग्रेस प्यूठानको सन्दर्भमा निर्वाचन जित्ने उत्तम समय अहिले नै हो । यस्तो बेलामा कांग्रेसको दाबी स्वभाविक रहन्छ ।

यदि पार्टीले जनमासको अपेक्षा बिपरित कार्य गर्‍यो भने । त्यसले पछि असर पार्न सक्छ । कार्यकर्ताको मनोबल नै गिराउने किसिमको कार्य गर्‍यो भने कसरि संगठन बलियो हुन सक्छ । त्यसैले पार्टीले राम्रो निर्णय गर्नेछ भन्नेमा म आशावादी नै छु । यदी गरेन भने पनि गठबन्धनले जे निर्णय गर्छ त्यसलाइ सबैले स्विकार गर्नुपर्छ ।

एमालेको अहमताले देशले धेरै दु:ख पाएको अबस्था छ । उस्को अहमता र दम्भलाई जनमतबाट दण्डित गर्ने सहि समय अहिलेको निर्वाचन हो । मतदाताहरु त्यसका लागी तयार छन् ।

 नेपाली कांग्रेस प्यूठान किन सधै हार्ने निर्वाचन र अरुलाई जिताउने निर्वाचनमा भाग लिन्छ ? कि केन्द्रले विश्वास गर्न लाएक कुनै नेता छैनन् ?

नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो । निर्वाचनसँग डराउदैन् । हारिन्छ भनेर मैदानमा सहभागी नजनाउनु भन्दा प्रतिस्पर्धा गरेर हार्न तयार हुन्छ । किनकि अनुभव र सिक्ने कुरा उत्तिकै महत्वपूर्ण हुन्छ ।

नेपाली कांग्रेस प्यूठानको सन्दर्भमा कम्युनिष्टहरुले बिभिन्न समयमा जनताको आखाँमा छारो हालेको हालै छन् । कहिले हामी मिल्यौ भन्छन् । चुनाब जित्छन् स्वार्थ मिल्दैन, । फेरि फुटछन् । प्यूठानमा नेपाली कांग्रेसको अबस्था निकै राम्रो छ केन्द्रले यो कुरा बुझन आवश्यक छ ।

प्यूठानमा नेपाली कांग्रेसका नेताहरु जुनसुकै पजिसनमा नेतृत्व लिन सक्षम छन् । देशका महत्वपूर्ण जिम्मेवारिमा रहेर काम गरेका सार्थीहरु पार्टीमा हुनुहुन्छ । बिभिन्न क्षेत्रमा लामो समय सफल रहेर काम गरेका युवाहरुको उत्तीकै विशेष क्षमता छ । उर्जावान छ यहिलेको युवा पुस्ता , रहर गरेको छ ,। त्यसैले पनि अबसर पाउनुपर्छ ,।  तर टिकट कुन पार्टीलाई पर्छ त्यो महत्वपूर्ण कुरा हो ।

अहिले पार्टीसँग बाध्यत्मक अबस्थाहरु धेरै हुनसक्छन् । त्यो बुझनु पनि पर्छ ।,तर पार्टीले यहाँको सबै अबस्था हेरि गहिरो अध्ययन गरेर निर्णय गर्नुपर्छ ।

गठबन्धनले भनेको निर्णय मान्नुपर्छ भन्नुहुन्छ । बामदेव गौतम प्रचण्डको कोटाबाट निर्वाचन लड्दै छु भन्छन् ? कांग्रेसको नजरमा गठबन्धनको उम्मेदवार कुन ?

केन्द्रमा भएका जिम्मेवार नेताहरुले ग्रास रुटमा त्यहाँको अबस्था कस्तो छ । भन्ने कुराको अध्ययन नगरि सिधै टाउको हेरेर मुल्याङ्कन गर्ने चलन छ । यस्ता कुराहरुले पछि कस्तो असर गर्छ भन्ने हेक्का राख्दैनन् । गठबन्धनमा रहेका दलहरुले बिभिन्न ब्यक्तिहरुको नाम लिएका हुन्छन् ।

हाम्रो पार्टी नेपाली कांग्रेस गठबन्धनको शिर्ष दल हो । उस्ले कुनै पनि कुराहरु बाहिर सार्वजनिक गरेको छैन । बामदेवले किन प्रचण्डको कोटाबाट चुनाब लड्छु भन्नु भयो त्यो उहाँको कुरा हो । , तर अब बामदेव गौतमले राजतितिबाट सन्यास लिएर बस्दा राम्रो हुन्छ ।

राजनितिमा नैतिकता हुन्छ । सिंगो कम्युनिष्ट पार्टी मिलेर पनि बर्दियाबाट निर्वाचन हार्नु भयो । गल्तीहरु सुधारेर बर्दियामा नै गएर चुनाब लडेको भए राम्रो पनि हुन्थ्यो तर, संगठन निर्माण गर्ने बेलामा गुपचुप जस्तै हुनुभयो । अहिले चुनाब आउदै गर्दा उहाँलाई अरुको बलमा चुनाब जित्ने रहर जागेको छ ।

प्यूठानलाई अपमान गरेर बर्दियाबाट चुनाव लड्नु भयो । त्यही पनि हार्नु भयो । उहाँका सबै गतिबिधिहरु प्यूठानी जनताले हेरेका छन् । उहाँ योग्य मान्छे होइन् ।

नेपाली कांग्रेस हरेक चुनौतिहरु सामना गरेर आएको पार्टी हो । २०७४ को निर्वाचनपछि देशमा देखिएका समस्याहरु उस्का कारणले आएका हैनन् । , तर यो भनेर कांग्रेस जिम्मेवारिबाट भाग्न खोज्दैन गठबन्धन देशको विशेष परिस्थितिबाट बनेको हो । यो हामीले बुझनुपर्छ । निर्वाचनमा टिकट हामीले पाउने दाबी गरेपनि फेरि अन्तत : गठबन्धनबाट जे सहमति हुन्छ त्यो नै कांग्रेसको आधिकारिक उम्मेदवार रहन्छ ।

कांग्रेस गठबन्धनको शिर्ष दल हो । सबैलाई मिलाएर लग्नु उस्को ठुलो भूमिका रहन आउछ । जे जस्तो परिस्थिति आएपनि त्यस्लाई स्विकार गर्नुको अरु बिकल्प छैन ।

नेपाली कांग्रेसको केन्द्रीय तहमा रहेर बिभिन्न मोर्चामा लामो समय काम गर्नु भयो ? अबको निर्वाचनमा तपाईको उम्मेदवारी रहन्छ वा रहदैन ?

प्रजातन्त्र र लोकतन्त्रका लागी जेल बसे, पाएका पदको कहिले दुरुपयोग गरिन, पार्टीका बिभिन्न मोर्चामा रहेर विभिन्न विभागमा रहि काम गरे । जनताप्रति जहिले बफादार भएर लागे, युवाहरुलाई हौसला दिए, । यतिका बर्ष राजनिती गरिराख्दै गर्दा धेरै कुराहरुको अनुभव बटुलेको छु ।

जनता र देशलाई फाइदा हुने सिंगो प्याकेज मसँग छ । त्यसैले समस्याहरु समाधान गर्ने ठाउँमा जान चाहान्छु । राजनिती सेवा हो,। पेशा होइन,। भन्ने कुरा प्रमाणीत गर्न चाहान्छु । एउटा इमान्दार संक्षम नेतामा हुनुपर्ने गुण र क्षमता मसँग छ । त्यसैले पनि मेरो आत्मविश्वासले आउदै गरेको प्रतिनिधि सझाको निर्वाचनमा दावेदारी प्रस्तुत गर्नु ठिक ठानेको छु । मेरो दाबेदारि रहन्छ ।

गठबन्धन भित्र रहेका सबै दलले दावी गर्दा प्रतिपक्ष दलले निर्वाचन जित्ने सम्भावन धेरै हुन्छ !  निर्वाचनमा कसरि सहमति गर्नुहुन्छ ?

पार्टीमा रहेर काम गरेका योग्य नेताहरुले चुनावमा दाबी पेस गर्नु स्वभाविक हो । कांग्रेसले एक्लै तह लगाउन सक्छ प्यूठानमा एमालेलाई,अझ गठबन्धनको बलमा निर्वाचनमा भाग लिदा प्यूठानमा एमाले प्रतिस्पर्धी जस्तो नै देखिदैन् ।

उस्को बारेमा धेरै बोलेर समय खेर फाल्नु बेकार छ । भ्रमको खेती गर्न एमालेको एउटा गुट निकै सिपालु छ ।
प्यूठानमा आफूले सकेको भ्रम छर्च । ,तर झूट झूट नै हो । झुटलाई जति नै लेप लगाए पनि सत्य एकदिन अवस्य बाहिर देखिन्छ । अहमता कु—संस्कार र दम्भले पाएको सफलता लामो समय टिक्दैन ।

एमालेमा ओली गुटको अवस्था त्यही हो । त्यो गुटका नेता कार्यकर्ता अझै सुध्रिएको देखिदैनन् । अरुलाई अपमान गर्ने,अपाच्य तिखा शब्द प्रयोग गर्ने । यिनीहरुसँग यो बाहेक कुनै केहि खास भिजन र एजेन्डा छैन।

जनताले दिएको बहुमत टिकाउन नसक्नेले फेरि के का लागी जनतासँग भोट माग्ने ? अनि जनताले किन मत दिने ? यो महत्वपूर्ण कुरा हो । कुरा सामान्य जस्तो लागेपनि गहिरो गरि सोचीयो भने र अध्ययन गरियो भने उत्तर त्यही मिल्छ ।

 

 

 

 


क्याटेगोरी : अन्तर्वार्ता


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार