Techie IT
७ जेठ २०७९, शनिबार

कारोबार १ खर्ब डलर पु-याउने लक्ष्य


नयाँ दिल्ली । दक्षिण एसियाली देश भारत र संयुक्त अरब इमिरेट्सबीच स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमा आएको छ । आइतबारदेखि दुई देशबीच उक्त सम्झौता कार्यान्वयनमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै कपडा, कृषि, मेवा, गरगहनाजस्ता क्षेत्रका उत्पादनमा भारतले यूएईको बजारमा विना भन्सार शुल्क प्रवेश पाउनेछ । यो सम्झौता कार्यान्वयनमा आएकै दिन भारतले सम्बन्धित वस्तुको पहिलो खेप यूएई पठाएको छ । यी वस्तुमा कुनै भन्सार शुल्क नलाग्ने बताइएको छ । त्यस्तै दुई देशले आगामी पाँच वर्षभित्र अहिलेको ६० अर्ब डलरको द्विदेशीय व्यापारलाई बढाएर सय अर्ब डलरसम्म पु-याउने बताएका छन् । यस्तो व्यापार निरन्तर बढ्दै जाने बताइएको छ । भारतबाट यूएईमा हुने ९९ प्रतिशतमा शून्य भन्सार शुल्क लाग्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्वार्ता


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार