Techie IT
शनिबार, असोज ३,२०७७

ठूला १० मध्ये चारवटा भारतीय कम्पनीको मार्केट क्याप बढ्यो


नयाँ दिल्ली, भदौ २९
भारतीय सेयरबजार सेन्सेक्सका शीर्ष १० कम्पनीमध्ये चारवटाको बजार पुँजीकरण अर्थात् मार्केट क्यापमा गत हप्ता ३० खर्ब भारुले वृद्धि भएको छ । यो दौडान रिलायन्स इन्डस्ट्रिको बजार मूल्यांकन नै १ सय ५० खर्ब भारु नाघेको भारतीय मिडियाहरुले जनाएका छन् । समीक्षा अवधिमा भारतकै सबैभन्दा बढी मूल्यवान् कम्पनी रिलायन्सको बजार पुँजीकरण २५ खर्बले बढेर १ सय ५६ खर्ब भारुसम्म पुगेको थियो । पछिल्ला हप्ता कम्पनीको सेयर पनि बढेको थियो ।

उक्त अवधिमा टाटा कन्सल्टेन्सी सर्भिसेज, हिन्दुस्तान युनिलिभर एन्ड इन्फोसिसको बजार पुँजीकरणमा बढोत्तरी भएको थियो भने एचडीएफसी बैंक, एचडीएफसी, भारती एयरटेल, कोटक महिन्द्रा बैंक, आईसीआईसीआई बैंक र आईटीसीको बजार मूल्यांकन सामूहक रुपबाट ५ खर्ब ४८ अर्ब भारुले घटेको छ ।

त्यस्तै टीसीएसको बजार पुँजीकरण ३ खर्ब १५ अर्बले बढेर ८९ खर्ब पुगेको थियो । इन्फोसिसको बजार मूल्यांकन पनि १ खर्ब ११ अर्बले बढेर ४० खर्ब भारु पुगेको थियो । त्यस्तै हिन्दूस्तान युनिलिभरको बजार पुँजीकरण ८१ अर्बले बढेर ५० खर्ब पुगेको छ । तर एचडीएफसी बैंकको बजार पुँजीकरण भने २ खर्ब २७ अर्बले घटेर ५९ खर्ब भारुमा झरेको छ ।

भारतीय एयरटेलको बजार मूल्यांकन पनि १ खर्ब ७१ अर्बले घटेर २६ खर्बमा झरेको छ । त्यस्तै कोटक महिन्द्रा बैंकको ९६ अर्बले घटेर २६ खर्बमा झरेको छ । आईटीसी, आईसीआईसीआई बैंकलगायतको भने बजार मूल्यांकन घटेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्