Techie IT
२ भदौ २०७९, बिहीबार

भारतका गृहमन्त्री शाह अस्पताल भर्ना


नयाँ दिल्ली, भदौ २९
भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनलाई गत अगस्टको २ तारिखमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उहाँलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो । त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहनु भएका शाह त्यतिबेलाको संक्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना भएका हुन् । संसदको नयाँ अधिवेशन सुरु हुनुअगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

‘गृहमन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरी उहाँलाई भर्ना गरिएको छ’, अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्