Techie IT
९ माघ २०७८, आईतबार

कोरोनाका कारण विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु


काठमाडौं, भदौ २०
विश्वभरि कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नौ लाख २० हजार एक सय ४४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म दुई करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

विश्वमा कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या भने दुई करोड पाँच लाख ९४ हजार आठ सय ८४ पुगेको छ । हाल विश्वमा ७१ लाख ६४ हजार एक सय ६४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेका छन् । तीमध्ये ७१ लाख तीन हजार २७४ जनाको अवस्था सामान्य रहेको जनाएको छ । त्यसैगरी ६० हजार आठ सय ९० जनाको अवस्था भने गम्भीर रहेको पाइएको छ ।

अनुपातमा हेर्दा कुल संक्रमितमध्ये झण्डै ९९ प्रतिशत संक्रमितको अवस्था सामान्य रहेको छ भने एक प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिले विश्वका दुई सय १५ देशमा देखिएको छ । यसको संक्रमण विश्वभरि नै फैलिएपछि अहिले महामारीको रुप लिएको छ ।

कोरोना भाइरसबाट बढी प्रभावित भएका देशहरुमध्ये संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि रहेको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दशवटा देशको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यस्तो रहेको छ । अमेरिकामा ६६ लाख ३६ हजार दुई सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये एक लाख ९७ हजार चार सय २१ जनाको मृत्यु भएको छ । दोस्रो धेरै प्रभावित भएको भारतमा ४६ लाख ६३ हजार नौ सय ३० जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् भने ७७ हजार पाँच सय ३७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४२ लाख ८३ हजार नौ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित हुँदा एक लाख ३० हजार चार सय ७४ जनाको मृत्यु भएको तथ्यांक छ । रुस १० लाख ५७ हजार तीन सय ६२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ कोरोनाकै कारण अहिलेसम्म १८ हजार चार सय ८४ जनाको मृत्यु भएको छ । पेरुमा भने संक्रमित भएकाहरुको संख्या सात लाख ६१ हजार छ सय ७० रहेको छ । संक्रमित भएकाहरुको संख्या रुसको भन्दा थोरै रहे पनि मृत्यु भएकाहरुको संख्या भने रुसमा भन्दा पेरुमा धेरै रहेको छ । पेरुमा कोरोनाका कारण तीस हजार चार सय ७० जनाको मृत्यु भएको छ ।

त्यसैगरी कोलम्बिया सात लाख दुई हजार ८८, मेक्सिको छ लाख ५८ हजार दुई सय ९९, दक्षिण अफ्रिका छ लाख ४६ हजार तीन सय ९८, स्पेन पाँच लाख ७६ हजार छ सय ९७ र अर्जेन्टिनामा पाँच लाख ३५ हजार सात सय पाँच जना संक्रमित भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्