Techie IT
१० असार २०७८, बिहीबार

५५ लाख मानिसलाई रोजगारी दिन मोदीले ल्याए मत्स्य सम्पदा योजना


नयाँ दिल्ली, भदौ २६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोबाइल एप इ–गोपालको शुभारम्भ गरेका छन् । यो एपले किसानलाई पशुधनको लागि इ–मार्केटप्लस उपलब्ध गराउनेछ । त्यस्तै मोदीले अत्याधुनिक सुविधा दिने वीर्य केन्द्रको पनि उद्घाटन गरेका छन् । यसमा ८४ करोड भारु लगानी गरिएको छ । यो केन्द्रको लागि विहार सरकारले ७५ एकड जमिन उपलब्ध गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्घाटनकै बीच मोदीले किसानहरुसँग पनि छलफल गरेका छन् । मुख्य गरी पशुधन र माछापालन क्षेत्रसँग यो छलफल केन्द्रित रहेको बताइएको छ । यो एक विकास योजना हो । यसले आत्मनिर्भर भारत प्याकेजका माध्यमबाट आर्थिक वर्ष २०२०/०२१ देखि २०२४–२०२५ सम्म सबै राज्यमा कार्यान्वयन हुनुपर्नेछ ।

भारतीय प्रधानमन्त्रीको कार्यालयले पीएमएमएसवाईअन्तर्गत हुने २ खर्ब भारु लगानी माछापालनमा हुनेमध्ये सबैभन्दा ठूलो लगानी भएको बताएको छ । यसमा लगभग १ खर्ब २३ अर्ब भारु समुद्री, अन्तर्देशीय माछापाल र जलीय कृषिमा लाभ केन्द्रित गतिविधिमा तथा ७७ अर्ब १० करोड भारुको लगानी माछापालनको तरिकाको लागि प्रस्ताव गरिएको छ । यो योजनाको उद्देश्य माछा उत्पादन ७० लाख टन बढाउने र २०२४/०२५ सम्म माछा निर्यातबाट १० खर्ब भारुसम्म पु-याउने रहेको बताइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्