Techie IT
शुक्रबार, असोज ९,२०७७

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने संख्या सात लाख नाघ्यो


काठमाडौं, साउन २२
विश्वमा कोरोना भाइरस संक्रमणको कारण सात लाख ४ हजार ४ सय ३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार जानकारी दिएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरिमा एक करोड ८७ लाख ९ हजार १ सय ६१ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २ सय २४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७८ हजार ४ सय ९९ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६५ हजार ३ सय ३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४ सय २० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार २ सय ९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८ सय ४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख ५० हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख ८२ हजार ४ सय ९९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख २५ हजार ४ सय ५० जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख ४३ हजार ५ सय ३२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख चार हजार ४ सय ७२ को मृत्यु भएको छ । एसिया ४६ लाख ८ हजार ८ सय ९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख २ हजार ४ सय ३९ जनाको मृत्यु भएको छ । अफ्रिकामा नौ लाख ८२ हजार २१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २१ हजार १४३ जनाको मृत्यु भएको छ । रासस/एएफपी (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार