Techie IT
९ असार २०७८, बुधबार

चिनियाँ राष्ट्रपति सीद्वारा कोभिड–१९ विरुद्धको लडाइँका मोडेलहरुको प्रशंसा


बेइजिड., भदौ २४
चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार कोभिड १९ महामारीविरुद्ध चीनले अपनाएको लडाइँका मोडेलहरुको प्रशंसा गर्दै एक सभालाई सम्बोधन गरेका छन् । बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई उनले मंगलबार बिहान सम्बोधन गर्ने क्रममा प्रशंसा गरेको समाचारमा जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट कोरोना भाइरस संक्रमण सुरु भएको थियो ।

उक्त समयबाट सुरु भएको यस प्रकोपका कारण हालसम्म विश्वभर आठ लाख ९६ हजार नौ सय २६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंगलबार जनाएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार नौ सय ८२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ९५ लाख ९२ हजार दुई सय ८० व्यक्ति कोरोनामुक्त भएका छन् ।

यद्यपि चीनले भने यस महामरीलाई विभिन्न मोडलहरुको सहयोगले नियन्त्रणमा लिन सफल भएको छ । चीनमा ८५ हजार एक सय ४४ कोरोना भाइरस संक्रमित भएका थिए । यस संक्रमणबाट चीनमा चार हजार छ सय ३४ जनाको मृत्यु भएको थियो । चीनमा ८० हजार तीन सय ३५ जना कोरोना भाइरसमुक्त भएका छन् । हाल चीनमा एक सय १५ जनामा मात्र कोरोना भाइरस संक्रमण रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्