Techie IT
१० असार २०७८, बिहीबार

दक्षिण अफ्रिकाको अर्थ व्यवस्थामा ५० प्रतिशतको संकुचन


केपटाउन, भदौ २४
दक्षिण अफ्रिकाको कुल गार्हस्थ्य उत्पादन गत वर्षको अप्रिलदेखि जुनको तुलनामा ५० प्रतिशतभन्दा बढीले संकुचित भएको छ । दक्षिण अफ्रिकाको तथ्यांक मामिला अध्ययन गर्ने सरकारी निकायले मंगलबार सार्वजनिक तथ्यांकमा उक्त कुरा जनाइएको हो ।

‘दक्षिण अफ्रिकाको अर्थव्यवस्था सन् २०१९ को दोस्रो त्रैमासिकको तुलनामा सन् २०२० को सोही अवधिमा ५१ प्रतिशतले संकुचित भएको छ’, दक्षिण अफ्रिकी तथ्यांक विभागले भनेको छ । अभूतपूर्व गिरावट आउनुमा महामारीका कारण आएको परिस्थिति जिम्मेवार भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

दक्षिण अफ्रिकाले महामारीबाट आफ्ना नागरिकको सुरक्षाका लागि गत मार्च २७ देखि कडा बन्दाबन्दीको घोषणा गरेको छ । जसका कारण देशैभरि प्रायः आर्थिक गतिविधि बन्द हुनुपरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्