Techie IT
८ असार २०७८, मंगलबार

एत्तिहाद एयरवेजको कोरोना बीमा योजना


दबई, भदौ २३
आबुधाबीको एत्तिहाद एयरवेजले सोमबार यात्रु आकर्षित गर्ने नयाँ योजना सार्वजनिक गरेको छ । उसले आफ्ना विमानबाट यात्रा गरेका यात्रु कथंकदाचित् संक्रमित भएमा उनीहरुको मेडिकल र क्वारेन्टाइन खर्च व्यहोर्ने गरी कोभिड–१९ बीमा योजना ल्याएको हो ।

विश्वका धेरै वायुसेवा प्रदायक कम्पनीहरु यात्रुको माग बढाउने प्रयासमा लागिरहेका छन् । विश्वमा कोरोना महामारीले हवाइ क्षेत्रमा नकारात्मक असर गरेको छ । कोरोना सुरु हुनुअघिको अवस्थामा पुग्न कम्पनीहरुले वर्षौँ लाग्नसक्ने बताएका छन् ।

एत्तिहादको योजनाअनुसार कम्पनीले संक्रमित यात्रुको १ लाख ५० हजार युरोसम्मको मेडिकल खर्च व्यहोर्नेछ भने एक दिनमा १ सय युरो क्वारेन्टाइन खर्चस्वरुप १४ दिनको लागि व्यहोर्नेछ । यसले यात्रुलाई यात्रामा आकर्षण बढाउने अपेक्षा कम्पनीले लिएको कम्पनीका उपप्रमुख डन्कान ब्युरोले एक वक्तव्यमा जनाएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्