Techie IT
३० जेठ २०७८, आईतबार

सफ्टबैंकको सेयर सात प्रतिशतले घट्यो


टोक्यो, भदौ २३
सफ्टबैंक ग्रुप कर्पको सेयर मूल्यमा सात प्रतिशतको गिरावट आएको छ । प्रविधि कम्पनीहरुको कारण लगानीकर्तालाई असहज बनाउँदा उक्त गिरावट आएको बताइएको छ । दुई महिनाको अन्तरालमा पहिलोपटक कम्पनीको सेयर छ हजार येन घटेर पाँच हजार आठ सय ८१ येन पुगेको छ । बेन्चमार्क इन्डेक्समा प्रतिशतका हिसाबले उक्त ग्रुपको सेयर सबैभन्दा धेरै घटेको हो ।

जापानको वित्तीय शक्ति मानिने ग्रुपले प्रविधि कम्पनीमा अर्बौँ डलरको सेयर किनेको छ । उसले अमेजनलगायतका सेयर किनेको हो । पछिल्लो समय प्रविधि कम्पनीहरुको सेयर मूल्य आकाशिएको बेला ग्रुपका प्रमुख कार्यकारी मासायोशी सनले प्रविधि कम्पनीमा ‘जुवा खेलेको’ बताइएको छ । ग्रुपले ठूलै ‘अप्सन पर्चेस’ बनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्