Techie IT
९ असार २०७८, बुधबार

विश्व प्रविधिबजारमा प्रभुत्व जमाउँदै चिनियाँ कम्पनी


बेइजिड., भदौ २२
विश्व प्रविधि बजारमा चिनियाँ ब्रान्डको उपस्थिति बढेको छ । यो वर्ष दोस्रो त्रैमासिकमा चिनियाँ वस्तुको शिपमेन्ट उल्लेख्य बढेको एउटा औद्योगिक प्रतिवेदनले देखाएको सिन्ह्वाले जनाएको छ । दोस्रो त्रैमासिकमा अमेरिकी प्रविधि कम्पनी एप्पल, चिनियाँ प्रविधि कम्पनी हुवावे र साओमीले विश्व प्रविधिबजारलाई डो¥याइरहेका छन् ।

यो तथ्यांक विश्व बजार अनुसन्धान फर्म इन्टरनेशनल डाटा कर्पोरेसन (आईडीसी)ले तयार गरेको हो । अरुको तुलनामा हुवावेको ब्रान्ड शिपमेन्ट ५८ प्रतिशतले बढेर १ करोड ९ लाख पुगेको छ भने साओमीको १३.५ प्रतिशतले विस्तार भएर १ करोड १ लाख पुगेको छ ।

वेरेबल प्रडक्ट्सअन्तर्गत इयरवेयर (कान पहिरन), नाडीमा बाँध्ने वस्तु (रिस्टब्यान्ड) र स्मार्टवाच (हातेघडी) पर्दछन् । यिनै वस्तुको व्यापारमा चिनियाँ प्रभुत्व विस्तार भएको हो । यसमध्ये पनि कुल वेरेबल प्रडक्टको ६० प्रतिशत भने इयरेबल वस्तुले ओगटेको रिपोर्टले देखाएको छ । आईडीसी सन् १९६४ मा स्थापना भएको संस्था हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्