Techie IT
५ असार २०७८, शनिबार

जी–२० राष्ट्रका विदेशमन्त्रीहरूद्वारा आफ्ना सीमाहरू खोल्नुपर्नेमा जोड


रियाद, भदौ २१
विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जी–२० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् । विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जी–२० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरु खोल्नुपर्ने बताएका हुन् ।

बिहीबार साउदी अरेबियाद्वारा आयोजना गरिएको भर्चुअल बैठकमा ती देशहरुले यस विषयमा जोड दिएका हुन् । हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको भन्दै यसबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले उनीहरुले यो आग्रह गरेका हुन् ।

त्यस बैठकका क्रममा उक्त संगठनका विदेशमन्त्रीहरुले देशका सीमाहरु खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरु अपनाएर सीमा खोल्नुपर्ने बताएका हुन् ।

सो बैठकमा सहभागी भारतका विदेशमन्त्री एस जयशंकरले विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्यका मापदण्डहरु अपनाउनुका साथै स्तरीय परीक्षण विधिका बारेमा पनि छलफल भएको बताए ।

उनले महामारीपछि जतिसक्दो चाँडो जी–२० मा सहभागी देशहरुले आफ्ना देशमा सीमाहरु खोल्नुपर्नेमा सबैको एकमत रहेको बताए । साउदी अरेबियाको पहलमा जी–२० को भर्चुअल बैठकको आयोजना गरिएको थियो । शुक्रबार आयोजना गरिएको सो बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरुको सहभागिता थियो ।

सो बैठकमा सबै देशका विदेशमन्त्रीहरुले कोभिड १९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसका संक्रमितहरुको स्वास्थ्य लाभको कामना पनि गरेका थिए ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ को संक्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्ने विषयमा सोच्न जी–२० का सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि पनि ती देशहरुलाई आग्रह गरेको बताइएको छ । बिहीबार साउदी अरेबियाद्वारा आयोजना गरिएको भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

महासचिव गुटर्रेसले हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा लकडाउनको सामना गरिरहका बताए ।

विश्वका देशहरुले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्काे ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाकाक मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न उनले सो आग्रह गरेका हुन् ।

महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले त्यस विषयमा पनि सोच्न उनले आग्रह गरेको एजेन्सीहरुले जनाएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्