Techie IT
५ असार २०७८, शनिबार

भारतमा एकै दिनमा अहिलेसम्मकै धेरै ८६ हजार संक्रमित


नयाँ दिल्ली, भदौ २१
कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार चार सय ३२ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् ।

योसँगै भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाई छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४० लाख २३ हजार एक सय ७९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या ६९ हजार पाँच सय ६१ पुगेको छ । तीमध्ये एक हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । भारतमा कोरोनाभाइरसबाट कुल संक्रमित भएकाहरुमध्ये ३१ लाख सात हजार दुई सय २३ जना अहिले संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी अरु आठ लाख ८६ हजार तीन सय ९५ जना भने अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म देशभर चार करोड ७७ लाख जनाको कोरोना परीक्षण गरिएको छ भने परीक्षणको क्रम अझै पनि जारी नै रहेको छ । (रासस/एएनआई) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्