Techie IT
५ असार २०७८, शनिबार

भारतले लगायो पब्जीसहित एक सय १८ चिनियाँ एपमाथि प्रतिबन्ध


नयाँ दिल्ली, भदौ १८
भारतले चर्चित मोबाइल खेल पब्जीसहित १ सय १८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतीय मिडियाहरुका अनुसार बुधबार भारतीय सरकारले भर्खरै लद्दाखमा चिनियाँ सेनासँगको झडपसँगै उक्त एपमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । यसलाई भारतले आफ्नो सार्वभौमिकता, रक्षा, सुरक्षा र एकताको स्वार्थ भनेको छ ।

पब्जी चिनियाँ कम्पनी टेन्सेन्टको विश्वकै चर्चित मोबाइल गेम हो । विश्वभर यो गेम ७३ करोड ४० लाखभन्दा बढी डाउनलोड भएको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयका अनुसार यी सबै एपहरुले भारतको सार्वभौमिकता र एकतालाई नजरअन्दाज गरेका थिए भने सार्वजनिक सुरक्षालाई बेवास्ता गरेको बताइएको छ ।

यस्तो निर्णय लिनुपछाडि सुरक्षा, रक्षा र भारतको साइबरस्पेसको सार्वभौमिकतासँग केन्द्रित रहेको बताइएको छ । गत जुनमा पनि भारत सरकारले ५९ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो । जसमा चिनियाँ एपलाई लक्षित गरिएको थियो । बाइटीडान्सको टिकटक, अलिबाबाको यूसी ब्राउजर र टेन्सेन्टको विच्याट समेत समावेश थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्