Techie IT
४ माघ २०७८, मंगलबार

विश्वमा एक करोड ८२ लाख बढीले जिते कोरोना


काठमाडौं, भदौ १८
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ८२ लाख १७ हजार ९४ व्यक्ति कोरोनामुक्त भएका छन् । यद्यपि विश्वमा दुई करोड ५९ लाख ३५ हजार पाँच सय ११ जना कोरोना भाइरस संक्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरि कोरोना भाइरस संक्रमणबाट आठ लाख ६१ हजार नौ सय जनाको मृत्यु भएको छ ।

हाल विश्वमा ६८ लाख ५६ हजार पाँच सय १७ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरुमध्ये ६१ हजार पाँच सय ३३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दशवटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।

अमेरिकामा ६२ लाख ५८ हजार २८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३४ लाख ५७ हजार चार सय ३१ जना कोरोना भाइरसमुक्त भएका छन् भने एक लाख ८८ हजार नौ सय सात व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । ब्राजिलमा ३९ लाख ५२ हजार सात सय ९० जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३१ लाख ५९ हजार ९६ कोरोना भाइरसमुक्त भएका छन् भने १ लाख २२ हजार छ सय ८१ जनाको मृत्यु भएको छ । भारतमा ३७ लाख ७३ हजार चार सय ८३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ २९ लाख दुई हजार ९६ कोरोना भाइरसमुक्त भएका छन् भने ६६ हजार चार सय ९१ जनाको मृत्यु भएको छ ।

रुस १० लाख पाँच हजार जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ आठ लाख २१ हजार एक सय ६९ कोरोना भाइरसमुक्त भएका छन् भने १७ हजार चार सय १४ जनाको मृत्यु भएको छ । पेरुमा छ लाख ५७ हजार एक सय २९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ७१ हजार पाँच सय ९९ जना कोरोना भाइरसमुक्त भएका छन् भने २९ हजार ६८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा छ लाख २८ हजार दुई सय ५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख ४९ हजार नौ सय ९३ कोरोना भाइरसमुक्त भएका छन् भने १४ हजार दुई सय ६३ जनाको मृत्यु भएको छ । कोलम्बिया छ लाख २४ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ६९ हजार पाँच सय ५७ कोरोना भाइरसमुक्त भएका छन् भने २० हजार ५२ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा छ लाख छ हजार ३६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख २१ हजार तीन सय ७३ कोरोना भाइरसमुक्त भएका छन् भने ६५ हजार दुई सय ४१ जनाको मृत्यु भएको छ । स्पेनमा चार लाख ७० हजार नौ सय ७३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार एक सय ५२ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना चार लाख २८ हजार दुई सय ३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ तीन लाख आठ हजार तीन सय ७६ कोरोना भाइरसमुक्त भएका छन् भने आठ हजार नौ सय १९ जनाको मृत्यु भएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्